गगन थापा भन्छन् : सभामुखको केस ढिसमिस पार्ने प्रयास नहोस्



बुटवल : नेपाली कांग्रेसका नेता गगन थापाले एक महिलालाई यौन दुर्याचारको गरेको आरोप लागेका सभामुख महरालाई गल्ती गरे अनुसारको सजाए हुनुपर्ने बताएका छन् ।

मंगलबार बिहान प्रदेश ५ रिर्पोटर्स क्लब बुटवलले गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले महरालाई पदबाट अलग भएर छानविनमा सहयोग गर्न सुझाव दिएका छन् । उनले यो विषय गमभीर भएको बताउँदै आफू प्रतिनिधी सभाको सदस्यका हैसियतले स्तब्ध भएको समेत बताए ।

नेता थापाले भने- ‘यो केसलाई ढिसमिस पार्ने प्रयास नहोस, अभियोग कसलाई लागेको छ भन्ने आधारमा, शक्तिशाली मान्छे हुनुहुन्छ, पदीय जिम्मेवारीमा हुनुहुन्छ भन्ने कुराको आधारमा यो केस यत्तिकै रफादफा हुनु हुँदैन ।’

उनले थपे, ‘गहिराइमा गएर छानविन गरिनुपर्छ र सभामुखमाथि लागेको आरोप पुष्टि भए सामान्य नागरिकलाई हुने कारवाही उहाँलाई हुनुपर्छ ।’

यदि महिलाले लगाएको आरोप गलत भए उनलाई पनि कारवाही गर्नुपर्ने माग राखे ।

प्रतिक्रिया दिनुहोस्