‘भीभीआईपी यौन काण्ड’: को हुन् यी महिला ?


काठमाडौं : प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि दुर्व्यवहारको आरोप लगाउने महिला को हुन् ? भन्ने, चर्चाले अहिले बजार तताएको छ । हामी (द नेपालटप)ले यस विषयमा खोजबिन गरेका छौ ।

यो ‘भीभीआईपी यौन काण्ड’ चर्चित भएसँगै यो घटनामा जोडिएकी महिला स्वास्थ्य मन्त्रालय अन्तर्गत नर्स पदमा कार्यरत रहेपनि महराकै सहयोगमा संसद सचिवालयमा काजमा थिइन् । यी महिला हुन रोशनी शाही ।

महिला रोशनी शाही र महराबीचको सम्बन्ध २०४८ सालदेखि रहेको खुलेको छ ।

वन मन्त्री शक्तिबहादुर बस्नेतको गृह जिल्लावासी शाही भ्रष्टाचार विरोधी अभियानमा लागेका ज्ञानेन्द्र शाहीको नातेदार रहेको बताइएको छ ।

महरा र शाही पहिलादेखिनै घरमा आवतजावत गर्ने गर्दथे । एउटै पार्टीका भएका कारणले उनीहरुको सम्बन्ध राम्रो रहेको थियो । शाहीका श्रीमान कर्मचारी संगठनको नेता पनि रहेको बुझिएको छ ।

पटक–पटक शाहीको घरमा पुगेर महराले खानपिन गर्दै आएको पनि खुलेको छ । पारिवारिक जस्तै सम्बन्ध भएका शाही र महराबीच अहिले यो काण्ड कसरी हुन पुग्यो ? किन अहिले नै शाहीले महरामाथि यस्तो गम्भिर आरोप लगाउन पुगिन ? यो विषयले पूर्व माओवादी वृत्तभित्र हलचल ल्याएको छ । हलचलमात्र होइन जानकारहरु आश्चर्यमा परेका छन् । स्रोतका अनुसार महरा र शाहीबीच सुमधुर सम्बन्ध रही आएपनि पछिल्ला दिनहरुमा खटपट पर्दै आएको थियो ।

सभामुख महराले राजीनामा दिने

दशैंको पूर्वसन्ध्यामा शाहीले महरासँग केही माग राखेको बताइन्छ । नेपथ्यमा सरुवाको विषय भएको देखिएपनि भित्र चाहि अरुनै कुरा लुकेको स्रोतको दाबी छ ।

सदाजस्तै आइतबार साँझ महरा शाहीको घरमा पुगेका थिए । पहिलाजस्तै फोनमा कुरा गरेर राति ८ बजे पुगेका महरा करिब २ घण्टा शाहीको डेरामा बसेका थिए । शाहीका अनुसार डेरामा महराले विदेशी रक्सी समेत लिएर गएका थिए । प्रायः जसो वाइन रुचाउने शाहीले त्यसदिन महराको आग्रहमा हार्डड्रिङ्कस गरेकी थिइन् ।

शाहीको बेडरुममा बसेका उनीहरु ड्रिङ्कस गर्नु अगाडि शाहीले भान्सा कोठाबाट शुरुमा एउटा प्लेट र एउटा गिलास मात्र ल्याएकी थिइन् । प्लेटमा काजु राखिसकेपछि महराको आग्रहमा अर्को गिलास लिएर बेडरुमको ठूलो पलङमा बसेर दुवै जनाले चुस्कि लिएका थिए ।

स्न्याक्समा करु नभएपछि भान्सामा रहेका काक्रो काटेर ल्याइएको थियो । पिउनु अगाडि शाहीले नजिकैबाट मासु ल्याउन खोजेपनि महराले पर्दैन भनेका थिए । शुरुमा पिउन इन्कार गरेकी शाहीले पछि भने महरा बराबर पिएको बताइन्छ ।

प्रहरी स्रोतका अनुसार शुरुमा राम्रै कुराकानी आगाडि बढेपनि मदिरा लाग्दै गएपछि बिस्तारै विवाद बढ्दै गएको थियो । शाहीले डेरा दिएर बसेको घरमा छोराछोरी विदेश गएका दम्पतीहरु मात्र बस्छन् । पूरै फ्ल्याट लिएर त्यो घरमा शाही मात्र डेरमा बस्दै आएकी छन् । पछिल्लो पटक महरा जाँदा उनका श्रीमान त्यहाँ थिएनन् ।

पहिला राम्रा राम्रा कुराबाट शुरु भएको उनीहरुको कुराकानी नसा लाग्दै जान थालेपछि विवाद बढ्दै गएको प्रहरी स्रोतले बताएको छ । स्रोतका अनुसार नसा लाग्दै गएपछि शाहीले ठूलो–ठूलो स्वरमा महरालाई गाली गरेकी थिइन् । शाहीले आफूमाथि महराले जवरजस्ती यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् भने महराले आफूमाथि षड्यन्त्र भएको बताएका छन् । शाही र महराबीच विवाद बढ्दै जाँदा हातहालाहालको स्थितिसम्म पुगेको थियो । यसक्रममा महराको चस्मा समेत फुटेको बताइन्छ ।

उता शाहीभने महराले आफूमाथि यौन दुर्व्यवहार गरेको बताउँदै आइतबार बेलुका आफ्नो डेरामा आउँदा मदिराले लठ्ठ परेको प्रहरीलाई बताएकी छन् । शाहीले महरालाई महरा सर भने सम्बोधन गर्ने गर्दथिइन् । तर, त्यसदिन कसरी यस्तो घटना हुन पुग्यो । यो आश्चर्यको विषय बनेको छ ।

शाही र महराबीच भेटघाटमात्र होइन फोन र भाइबरमा मिठामिठा कुराकानी समेत हुँदै आएको थियो । उनीहरुबीच पटक–पटक खानपिन कुराकानी हुँदै आएको बताइन्छ । शाहीले अहिले महराले आफूमागि निरन्तर यौन दुर्व्यवहार गर्दै आएको खुलासा गरेकी छन् । अहिलेसम्म किन सार्वजनिक गरिनन् त भन्ने प्रश्न पनि उठेको छ ।

यद्यपी उक्त घटनापछि शाहीले बानेश्वर प्रहरीसँगै उपसभामुख र नेकपाका महिला नेतृहरु घटनाबारे जानकारी गराएपनि आफूले सहयोग नपाएको गुनासो गरेकी छन् । अन्य कुराको खण्डन गरेपनि महराले आइतबार साँझ शाहीको डेरामा गएको कुरा स्वीकारेका छन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

वीरगञ्ज : तस्करी रोक्नको लागि खटिएको प्ररहीले नै तस्करीलाई बढावा दिदा के होला ? हो

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कामलाई समिक्षात्मक टिप्पणी गरेको छ । जसअनुसार

काठमाडौ : केहि हप्तादेखि मन्त्रिमन्डल पुनर्गठनको तयारी शुरु गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारसम्म पुनर्गठनको

काठमाडौं : तत्कालिन माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालका एक्ला छोरा प्रकाशको

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिना शीर्षकमा ४ लाख ८० हजार रुपैयाँ

काठमाडौँ : प्रहरी मुख्यालय मानव स्रोत एवं प्रशासन विभागले गत साउन २६ गते प्रकाशित गरेको

काठमाडौ : लामो समयदेखि ट्याक्सीको दर्ता बन्द गरेकामा सरकारले नयाँ ट्याक्सी दर्ता खोल्ने तयारी गरेको

एजेन्सी : एक विवाहित शिक्षिकाले आफ्नै १६ वर्षका छात्रसँग अनुचित सम्बन्ध राखेपछि अहिले अदालतले एक

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुर्नगठनको अन्तिम तयारी गरिरहेका छन् । यसका लागि

काठमाडौं : वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा

काठमाडौं : भारतीय पूर्वविदेश सचिव तथा पूर्व भारतीय राजदूत श्यामशरण काठमाडौंमा आएका छन् । अहिले

वीरगञ्ज : शसस्त्र प्रहरी बल प्रदेश २ का प्रमुख डिआईजी राजु अर्याल यतिखेर आफ्नै सहकर्मीले