इटालीको कम्पनी नै टाट पल्टने जोखिममा, मेलम्ची अन्योलमा



काठमाडौं: मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सिएससी दी रेभेन्ना आफ्नै देशमा टाट पल्टने जोखिममा पुगेको छ। २ डिसेम्बरमा कम्पनी आफैँले पैसाको अभावले कठिन अबस्थामा पुगेको घोषणा गरेको छ ।

 

४० देशमा काम गरिरहेको कम्पनी आफैँले वित्तीय संकटमा परेको घोषणा गरेको केही समयमै मेलम्चीलाई अलपत्र छाडेर भाग्न खोजेको छ । मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र छाडेर इटाली फर्किन थालेका ठेकेदार कम्पनीका म्यानेजरसहित आठ जनाको पासपोर्ट सरकारले जफत गरेको छ।

 

ठकेदार कम्पनीले एकतर्फी रुपमा ठेक्का रद्द गरे कम्पनीले राखेको बैँक धरौटी जफत गरिने आयोजनाले जनाएको छ । कम्पनीले दुई अर्ब रुपैयाँ धरौटी राखेको छ। त्यसका लागि राष्ट्र बैँकलाई सूचित गरिसकिएको आयोजनाले जनाएको नयाँ पत्रिकामा खवर छ ।

प्रतिक्रिया दिनुहोस्