‘भीभीआइपी यौन काण्ड’



काठमाडौं : ‘भीभीआइपी यौन काण्ड’ लागेपछि विवादमा तानिएका प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई पार्टीले सांसद र सभामुख दुवै पदबाट राजीनामा दिइ छानबिनलाई सहयोग गर्न निर्देशन दिएको छ । यसअघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई राजीनामा गर्न सुझाएका थिए । पार्टीको निर्देशन पाएलगत्तै महराले राजीनामा दिएका छन् ।

सभामुख महराले राजीनामा दिने

भीभीआईपी यौन काण्डले व्यापक चर्चा पाइरहँदा नयाँ–नयाँ खुलासा पनि हुँदै आएको छ । यसक्रममा महरामाथि यौन दुर्व्यवहारको आरोप लगाउने महिला रोशनी शाहीको वनमन्त्री शक्तिबहादुर बस्नेत जिल्लावासी भएको हुनाले सम्बन्ध रहेको बताएको छ । त्यसैगरी कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग पनि नातेदार सम्बन्ध रहेको बताइएको छ ।

‘भीभीआईपी यौन काण्ड’: को हुन् यी महिला ?

त्यसोत नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीसँग पनि शाहीको घनिष्ट सम्बन्ध रहेको उनको फेसबुक पोष्टबाट देखिन्छ । नेकपा नेताहरुसँग राम्रो सम्बन्ध भएको देखिएपनि शाहीको फेसबुक स्टाट्स हँदा नेकपा विरोधी विषयले धेरै ठाउँ ओगटेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्