गायक दिपक तिवारीको ‘मानिसको चोला’ सार्वजनिक



काठमाडौं : गायक दिपक तिवारी स्वर रहेको ‘मानिसको चोला’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

संगीतकार बिकाश चौधरी संगीत तथा एरेन्ज रहेको सार्वजनिक गीतमा गायक स्वम को शब्द रहेको छ । गीतको म्युजिक भिडियोमा नायक केवल भुजेल र मोडल सोनी परियारको अभिनय छ ।

म्युजिक भिडियोलाई सागर चौहान (किरण)ले निर्देशन गरेका छन् भने भिडियोको छायाँकन गणेश सापकोटाले गरेका छन् । ग्लोबल नेपाली मिडियाको प्रस्तुतिमा निर्माण भएको सार्वजनिक म्युजिक भिडियो मानिसको यथार्थ जिबनसंग समन्धित रहेको छ ।

गायक तिवारी नेपाल मुलका अमेरिकाका नागरिक हुन् उनी विगत १५ बर्ष देखि उतै बसोबास गर्दै आईरहेका छन् । उनले हालसम्म केहि नेपाली चलचित्रमा स्वर पनि दिईसकेका छन् भने कलेक्सन एल्बम गरि हाल सम्म ४ दर्जन भन्दा बढीमा आफनो स्वर दिईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्