ओलीप्रति वामदेव झन् आक्रामक



काठमाडौं : नेकपाको स्थायी समिति बैठकमा नेतृत्वले विधि, प्रक्रिया मिचेर पार्टी र सरकार सञ्चालन गरेको भन्दै नेताहरुले नेतृत्वको खुलेर आलोजना गरेका छन् ।

नेता वामदेव गौतम त अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीप्रति अझै आक्रामक बनेका छन् ।

बामदेवले के भने ?

प्रधानमन्त्री र पार्टी अध्यक्षजस्तो व्यक्तिले मजाक गरेर मेरो चरित्र हत्या गर्न सुहाउँछ ? ‘दुई जना अध्यक्षलाई लडाउन खोज्दैछन्, मिल्ने भए दुबैजना प्रधानमन्त्री बन्थ्यौँ, तर संविधानले दिँदैन’ भन्दै मलाई मजाकमा उडाउने ?

दुई तिहाइ छँदैछ, संविधान संशोधन गर्नुस्, दुबै प्रधानमन्त्री बन्नुस्, मेरो समर्थन छ । तपाईंहरुलाई लडाउन कोही लागेको छैन । तपाईंहरुको मायाप्रीति जुगजुगसम्म रहोस् ।

तर, मेरो चरित्र हत्या किन गर्न खोज्नुहुन्छ ? बरु राजनीति नै छोडाउन खोज्दै हुनुहुन्थ्यो, सकेको अझै गर्नुस्। मैले जानेको राजनीति म गरौँला । तर, पार्टीमा स्वेच्छाचारी, व्यक्तिवादी शैली मनपरीतन्त्र अब चल्दैन, स्वीकार गरिँदैन । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्