१२ लाखसहित वीरगञ्जबाट बाबुछोरा पक्राउ



वीरगञ्ज : पर्सा प्रहरीले वीरगञ्ज १६ नगवाका ४५ वर्षीय आवास अलि र २२ वर्षीय अस्ताक आलमलाई पक्राउ गरेको छ । उनीहरु बाबुछोरा हुन् ।

जिल्लाको वडा प्रहरी कार्यालय विर्ताको प्रहरी टोलीले वीरगञ्ज वडा नम्बर ४ नारायणी अस्पताल अगाडी मेनरोडमा चेकजाँच गर्ने क्रममा उनीहरुलाई रकम सहित पक्राउ गरिएको प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले बताए । प्रहरीले उनीहरुको साथबाट श्रोत नखुलेको १२ लाख रुपैयाँ बरामद गरेको छ ।

चेकजाँच गर्ने क्रममा ना ५७ प ३०६ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई प्रहरीले चेकजाँच गर्ने क्रममा शंका लागि नियन्त्रणमा लिएको हो ।

बरामद गरिएको रकमको आवासले श्रोत खुलाउँन नसकेपछि नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरी उपरिक्षक राठौंरले बताए ।

प्रतिक्रिया दिनुहोस्