घट्यो सुन मूल्य



काठमाडौं : दशैंको पूर्वसन्ध्यामा छापावाला तथा तेजाबी सुनको मूल्य प्रतितोला रु ८०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (बुधबार) छापावाल सुनको मूल्य रु ६९ हजार २ सय कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य रु ६८ हजार ९ सय निर्धारण गरिएको महासङ्घले जनाएको छ ।

आज स्थानीय बजारमा छापावाला सुन प्रतितोला रु ७० हजार र तेजावी सुन रु ६९ हजार ७ सयमा खरिदबिक्री भएको थियो । त्यसैगरी चाँदीको मूल्यमा पनि प्रतितोला रु १५ ले घटेको छ । स्थानीय बजारमा आज चाँदी प्रतितोला रु ८ सय २५ मा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ ।

पछिल्लो दुई-तीन महिनादेखि निकै उतारचढाव देखिएको सुनको मूल्य पछिल्लो सातादेखि निरन्तर ओरालो लाग्दै आएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्