राष्ट्रिय गौरवका आयोजनाकै खर्च न्यून, यस्तो छ खर्चको अबस्था



काठमाडौं : सरकारले प्रत्येक वर्ष उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरे पनि राष्ट्रिय गौरवका आयोजनाले सोही अुनरुप बजेट खर्च गर्न सकेका छैनन् ।

बजेट विनियोजन गर्दा आयोजना सुरु र अन्त्य हुने मिति उल्लेख नगर्ने, सुरु हुने मिति भए पनि अन्त्य हुने मिति नतोकिने, खर्च गर्ने आधार तयार नगर्ने जस्ता कारणले यस्ता आयोजनाको बजेट खर्च न्यून देखिएको हो ।

बूढीगण्डकी जलविद्युत् आयोजना, पश्चिम सेती जलविद्युत् आयोजना, निजगढ दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल र पशुपति क्षेत्र विकास कोषको खर्च शून्य छ ।

चालु आर्थिक वर्षको पाँच महिनाको अबधिमा २१ वटा राष्ट्रिय गौरवका आयोजनाले मुस्किलले २० प्रतिशत रकम मात्र खर्च गरेका छन् । आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्