काठमाडौ‌ं महानगरपालिकाको बैठक भत्ता डेढ करोड



काठमाडौं : एक करोड ५८ लाख ६० हजार रुपैयाँ । यो कुनै विकास बजेट होइन । काठमाडौं महानगरपालिका कार्यालयको वार्षिक बैठक भत्ता हो । 

महानगरले निर्धारितभन्दा निकै बढी भत्ता बाँड्ने गरेको छ । वर्षभरि कार्यालय खुलेको दिन हिसाब गर्दा बैठक भत्ता दैनिक ५५ हजार आठ रुपैयाँ हुन आउँछ । ३२ वडाका १५६ जवनप्रतिनिधिले प्रतिबैठक एक हजार दुई सय ३० रुपैयाँ लिएका हुन् । जबकि महानगरको वार्षिक प्रशासनिक बजेट व्यवस्थामा प्रतिबैठक एक हजार रुपैयाँ मात्र लिन पाइन्छ । 

महानगरका सूचना अधिकारी वसन्त आचार्यले प्रमुखको अध्यक्षतामा बसे प्रतिबैठक दुई हजार पाँच सय र उपप्रमुख र कार्यकारी अधिकृतको अध्यक्षतामा बसे दुई हजारका दरले पाइने बताए । 

वडा तहमा मासिक तीनवटासम्म बैठकको भत्ता लिन पाइन्छ तर, उनीहरूले कतिवटा बैठक बसे र कति–कति भत्ता बुझे, महानगरसँग कुनै अभिलेख छैन । बैठक भत्ता मात्र होइन खाजा र यातायातमा पनि महानगरको खर्च अचाक्ली छ । 

यी तीन शीर्षकमा अघिल्लो आर्थिक वर्ष २०७४ ७५ को विवरण माग्दा सुरुमा सूचना अधिकारी आचार्यले आलटाल गरेका थिए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्