सामुदायिक विद्यालयमा यातायात र छात्रावासको सुविधा दिइने



विराटनगर : प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले तराईका सामुदायिक विद्यालयमा बस र पहाड तथा हिमाली क्षेत्रमा छात्रावासको व्यवस्था गरी विद्यालय एकीकरण गर्ने बताएका छन् ।

सामाजिक विकास मन्त्रालयद्वारा मङ्गलबार यहाँ आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रगति तथा चालू आर्थिक वर्षका कार्यहरुकोे प्रस्तुतीकरण कार्यक्रममा घिमिरेले विद्यार्थी कम हुने विद्यालयमा तीनदेखि चार हजारसम्मका छात्रछात्रालाई जम्मा गरी विद्यालय एकीकरण गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने कुरामा जोड दिन थालिएको बताए ।

उनले मन्त्रालयले प्रदेशका विभिन्न स्थानमा सर्पदंश उपचार सेवा विस्तार भैरहेको र सोही क्रममा विराटनगरको कोचाखालमा सर्पदंश उपचार सेवा स्थापना गरिएको बताए ।

यसै क्रममा घिमिरेले विराटनगरको सहिद रङ्गशालामा रात्रिकालीन खेलका लागि स्थायीरूपमा ‘फ्लड लाइट’ राख्न ठेक्का प्रक्रिया अघि बढिसकेकाले फागुन महिनाभित्र सम्पन्न भैसक्ने जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्