सुगम पोखरेलकाे दशैँ विशेष गीत सार्वजनिक (भिडियो सहित)



काठमाडौं : गायक सुगम पोखरेलले बडादशैँको अवसरमा नयाँ गीत बजारमा ल्याएका छन् । दशैँको रमझम झल्काउने गीतमा दशैँको माहोल देखाइएको छ ।

‘शुभ दशैँ’ बोलको गीतमा सुगम पोखरेल र एन्जिला पोखरेलको आवाज रहेको यस गीतलाइ सुगम पोखरेलको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । यस्तै गीतमा संगीत र शब्द गायक पोखरेलले नै दिएका छन् ।

गीतको भिडियोलाई सतिज श्रेष्ठले निर्देशन र सम्पादन गरेका हुन् भने गीतको भिडियोमा सुगम पोखरेल, एन्जिला पोखरेल लगायतले अभिनय गरेका छन् । भिडियोमा दशैँको टीका लगाएर चंगा उठाएको र पिङ खेलेको माहोलले दर्शकलाई रमाइलो बनाउँछ ।

प्रतिक्रिया दिनुहोस्