भारत–दक्षिण अफ्रिका टेस्ट, रोहित र मयन्कको अर्ध शतक


विशाखापटनम : भारत र दक्षिण अफ्रिकाबीचको पहिलो टेस्ट क्रिकेट भारतको विशाखापटनममा बुधबार शुरु भएको छ । टस जिती भारतीय कप्तान विराट कोहलीले पहिले व्याटिङ गर्ने निर्णय गरेका छन् ।

दक्षिण अफ्रिका र भारतबीच तीन वटा टेस्ट खेल हुनेछन् । भारतका लागि एकदिवसीय र टी२० खेलका अनुभवी बिस्फोटक ब्याट्सम्यान रोहित शर्माले यसपटक टेस्टमा पनि प्रारम्भिक ब्याट्सम्यानका रुपमा जिम्मेवारी लिँदैछन् ।

फाफ डु प्लेसिसको कप्तानीमा रहेको दक्षिण अफ्रिकाले दुई जना विशेषज्ञ स्पिनरलाई खेलाएको छ । स्पिनरद्वय केशव महाराज र डेन पाइडिटले पहिलो टेस्टमा मौका पाएका हुन् । स्पिन बलिङ पनि गर्ने अलराउन्डर सेनुरान मुथुसामीले पहिलो टेस्ट खेल्दैछन् ।

गत अगस्टमा दुई जना अनुभवी खेलाडी डेल स्टेन र हासिम आमलाले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएसँगै दक्षिण अफ्रिकी टिम युवा एवं अपेक्षाकृत कमजोर अनुभव भएका खेलाडीमा निर्भर रहनु परेको छ ।

भारतीय टिममा कप्ताल विराट कोहली सहित अजिन्क्य राहाणे, रोहित शर्मा, मयन्क अग्रवाल, चेतेश्वर पुजारा, हनुमा बिहारी, रविचन्द्रन अश्विन, रविन्द्र जडेजा, हृद्दिमन साह, इशान्त शर्मा र मोहम्मद शामी रहेका छन् ।

उता दक्षिण अफ्रिकी टिममा कप्तान फाफ डु प्लेसिस सहित आइडेन मार्कराम, डिन एल्गार, थेनिस डी ब्रुएन, टेम्बा बाभुमा, क्विन्टिन डी कक, भर्नन फिलान्डर, सेनुरान मुथुसामी, केशव महाराज, डेन पाइडिट र कागिसो राबाडा रहेका छन् ।

पहिले ब्याटिङ गरिरहेको भारतले ३७ ओभरमा बिना विकेटको क्षतिमा ११० रन बनाएको छ । भारतका लागि रोहित शर्माले व्यक्तिगत ५९ तथा मयन्क अग्रवालले ५१ रन बनाएका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : सत्तारुढ दल नेकपाले रिक्त रहेको सभामुख पदमा कसलाई अघि सार्ने भनेर आन्तरिक गृहकार्य

काठमाडौ : भिभिआईपी यौनकाण्डमा जोडिएकी संसद सचिवालयमा कार्यरत रोशनी शाही अहिले प्रहरीको सम्पर्कमा छैनन् ।

तनहुँ : तनहूँमा नरभक्षी चितुवाले डेढ वर्षको अवधिमा पाँच बालबालिकाको ज्यान लिएको छ । घरेलु

काठमाडौ : सत्तारुढ दल नेकपाका दुई अध्यक्षबीचको वार्ता भर्खरै सकिएको छ । पार्टी अध्यक्ष तथा

काटमाडौ : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको महप्रबन्धकमा नागरिक उड्डयन प्राधिकरणको मुख्यालयमा कार्यरत देवेन्द्र केसी नियुक्त भएका

विराटनगर : विराटनगर महानगरपालिका–११ कि एक विवाहित चेलीको शव सीमावर्ती बजार जोगवनीदेखि तीन किमि दक्षिण

काठमाडौं : काठमाडौंको दरबारमार्गमा भीषण आगलागी भएको छ । भिक्ट्री लाउन्जमा विद्युत सर्ट भएर आगालगी

काठमाडाै‌ं : चीनका राष्ट्रपति सी चीनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल र चीनबीच

रौतहट : सत्तारुढ नेकपाका प्रदेश नम्बर २ का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले पार्टी

रौटहट : रौटहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा नेपाली कांग्रेसका नेता एवं पूर्व

काठमाडौं : सबै जातजाती र भाषाभाषीको विविधतामाझ पर्व, पारिवारिक मिलन, सुखदुःख आदानप्रदान तथा सामाजिक सद्भाव

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति सी जिनफिङबीच अब केही बेरमा हुने दुई