‘पोई पर्यो काले’को ट्रेलर सार्वजनिक (भिडियाे सहित)



काठमाडाैं : चलचित्र ‘पोई पर्यो काले’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलरमा कालो बर्णको केटा मन नपराउने एक यूवतीको जीवनमा आइपर्ने घटनाक्रमलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ ।

चलचित्रमा शिशिर राणाको कथा तथा निर्देशन छ । यो चलचित्रमा नायक सौगात मल्ल, आकाश श्रेष्ठ, सोहित मानन्धरको साथमा नायिकाहरु पूजा शर्मा, श्रृष्टी श्रेष्ठ लगायतको मुख्य भूमिका छ । चलचित्रको ट्रेलरले दर्शकलाई उत्सकुता पैदा गरेको छ ।

तिहारको समयमा चलचित्र हेरेर दर्शकले मनोरञ्जन लिने कुरामा यसको निर्माणपक्ष विश्वस्त देखिएको छ । रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् ।

चलचित्रमा दिपक मनाङ्गे र सरोज नेपाली निर्माताको रुपमा छन् भने अमलादेवी राई कार्यकारी निर्माताको रुपमा छिन् । चलचित्रमा लालबहादुर क्षेत्री र अर्जुन पोखरेलको संगीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी, तारा थापाको सम्पादन, शिव ढकालको छायांकन छ । कात्तिक ८ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्