एसिड पिडित मुस्कानलाई बलिउडका महानायक अमिताभले पठाए भिडियो सन्देश



काठमाडौं : विरगञ्जमा एसिड आक्रमणमा परेकि १४ वर्षिय मुस्कान खातुनलाई बलिउडका महानायक अमिताभ बच्चनले पनि भिडियो सन्देश पठाएका छन्।

उनले भने, ‘तिमी माथि जे भयो त्यो धेरै गलत भयो। मलाई पनि यो कुरा सुनेर धेरै दुःख लाग्यो। आशा छ चाडै नै निको भएर घर फर्किनेछ्यौ। मेरो शुभकामना पनि छ।’

केहि हप्ता अघि उनलाई बलिउडका दुई कलाकारहरुले भिडियो सन्देश पठाएका थिए। बलिउड नायिका कृती सेननले मुस्कानसँग भिडियो कलमा कुरा गरेकी थिइन् ।

त्यसपश्चात् उनले नायक वरुण धवनलाई यसबारे जानकारी गराएपछि वरुणले पनि भिडियो सन्देश पठाएका थिए। उनी यति बेला किर्तिपुर अस्पतालमा उपचारार्थ छिन् ।

प्रतिक्रिया दिनुहोस्