दोलखाका युवा व्यवसायी सुजन रिमाल सम्मानित



काठमाडौं : दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नं. ३ चरिकोट घर भएका युवा व्यवसायी सुजन रिमाल सम्मानित भएका छन् । लामो समयदेखि मुलुकको अर्थतन्त्र विकास तथा समृद्धिका लागि सक्रिय रहेर सामाजिक क्षेत्रमा समर्पित भइ शिक्षित समाज निर्माण गर्न सहयोग गरेको भन्दै रिमाललाई काठमाडौंस्थित मिडिया इन्टरनेश्नलले सम्मान गरेको हाे ।

मिडिया इन्टरनेश्नलको ७ औं वार्षिकवत्सव कार्यक्रममा प्रमुख अथिति नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सम्मानपत्र प्रदान गरेकाे मिडिया इन्टरनेश्नलका अध्यक्ष माधब निर्दाेषले जानकारी दिए । रिमालले देशका विभिन्न स्थानमा रहेका विपन्न वर्गका समुदायलाई शैक्षिक सामाग्री प्रदान गर्नुका साथै अनाथ बालबालिकालाई शिक्षा र स्वास्थ्यमा सहयोग पुर्याएको भन्दै सम्मान गरिएकाे माधब निर्दाेषले बताए ।

उक्त कार्यक्रममा बोल्दै रिमालले भने,‘ निर्माण क्षेत्रमा विशेष ध्यान सरकारको मात्र नभई हामी जस्ता व्यक्तिहरु मिलेर आ–आफ्नो क्षेत्रमा लाग्ने हो भने विकसित देश बन्न धेरै समय लाग्दैन । देश बनाउनको लागि शिक्षा र शिक्षित व्यक्तिको ठुलो भूमिका हुनुका साथै काम गर्ने वातावरण हुनु पनि उत्तिकै जरुरी हुन्छ । त्यसैले म शिक्षा र निर्माण क्षेत्र सुधार गर्न लागि परिरहेको छु ।’

यसअघि उनको सहयोग बाहिरी जिल्लामा केन्द्रित भएपनि अब आफ्नै जिल्लाका गरिब तथा जेहेन्दार बालबालिकालाई पनि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । उनी विगत ९ वर्षदेखि काठमाडौंमा रहि निर्माण तथा इन्टरियर डेकुरेसन सम्बन्धि काम गदैं आएका छन्।

त्यसैगरी उनले अमेरीका, अस्टङेलिया, क्यानडा, जापान र यूरोपका विभिन्न देशमा उच्च शिक्षाका लागि विद्यार्थीहरुका लागि शैक्षिक परामर्श संस्था समेत संचालन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्