एकै परिवारका चार सहित ५ को मृत्यु



बारा : बाराको फेटा गाउँपालिकास्थित वडा नम्बर ४मा रहेको खाली घरभित्र गहिरो खाल्डोभित्र एकै ठाउँमा पाँच जनाको शव भेटिएको छ ।

बुधबार साँझ अबेर परेका ती लास बारा बतरा टोलका ४० वर्षीय जोगा मुखिया बिन, उनकी पत्‍नी लालमुनी देवी, छोरी १० वर्षीय सुमनी कुमारी, जोगाका भाइ ३५ वर्षीय महेन्द्र मुखिया बिन का साथै एकजना भारतीय नागरिकको रहेको प्रहरीले जनाएको छ ।

उ तर एकै ठाउँमा सामूहिक रुपमा लास भेटिए पछि भने सबै आश्चर्यमा परेका छन् । उनीहरुको करेन्ट लागेर मृत्यु भएको प्ररम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुमान भने केही भिन्न खालको छ । उनीहरुको बिजुली चोरेर प्रयोग गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हुन सक्छ । यस अतिरिक्त गमभीर अनुसन्धानमा प्रहरीले लागि रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराकाअनुसार शब परीक्षण गरेपछि मात्र उनीहरुको मृत्युको कारण खुल्न सक्ने बताइएको छ । यसका साथै, शव भेटिएको घरमा पहिले मदिरा भट्टी सञ्चालन हुने गरेको प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्