आफै बिरामी परेको भेरी अस्पताल, न डाक्टर न उपकरण


बाँके : भेरी अस्पतालमा मिर्गौलाका बिरामी दैनिक बढेका छन् । तर, अस्पतालमा आवश्यकताअनुसारका उपकरण छैनन्, भएका उपकरण बिग्रिएका छन् । चार मेसिनमध्ये दुई कामै नलाग्ने भएका छन् भने अस्पतालमा बिरामी र कुरुवाका लागि आवश्यक शौचालयसमेत छैनन् ।

बिरामीलाई एक ठाउँबाट अर्को ठाउँसम्म लैजान ह्वीलचियर छैन । दक्ष जनशक्ति, विशेषज्ञ चिकित्सक र स्टाप नर्सको अभाव छ । अस्पतालको डायलासिस युनिट समस्यै–समस्याले ग्रसित छ । तर, पनि यसको व्यवस्थापन, मेसिनको मर्मत सुधार र नयाँ मेसिन थप्ने काममा अस्पताल प्रशासनले चासो देखाएको छैन ।

अस्पतालमा उपचारका लागि अधिकाँश निमुखा र गरीब बिरामी नै आउने गरेका छन् । मेसिनको अभावमा डायलासिसका लागि पालो कुरेका बिरामी मृत्यु पर्खेर बस्नुपर्ने बाध्यता छ । गरीब निमुखा बिरामीलाई डायलासिस मेसिन थपेर सेवा दिनुपर्ने मिर्गौलापीडित बिरामीहरुको माग छ । भेरी अस्पताललाई मध्य र सुदूरपश्चिम नेपालकै रेफरल सेन्टर (सिफारिश केन्द्र)का रुपमा लिइने गरिन्छ ।

यसैले हेमोडायलासिस युनिटमा उपचारका लागि डायलासिस मेसिन, दक्ष जनशक्ति र युनिट सञ्चालनका लागि आवश्यक कोठा थप गर्न अस्पताल प्रशासनसँग माग गरेको डा. पारस श्रेष्ठ बताउाछन् । उनका अनुसार अहिले पनि भेरीमा २३ बिरामी पालो कुरेरै बसेका छन् । अहिले दैनिक दुई सिफ्ट चलेको डायलासिसमा चार जनाले मात्र डायलासिस गर्न पाएका छन् ।

अरू बिरामी पालो कुररै बसेका छन् । डायलासिस विभागका अनुसार अहिले हप्तामा १२ जनाले मात्र जसोतसो डायलासिस गरिरहेका छन् । मिर्गौला रोगीले भेरी अस्पतालमा पालो नपाएर निजी अस्पतालमा महङ्गो रकम तिरेर डायलासिस गर्न बाध्य छन् । दरबन्दीअनुसार विशेषज्ञ चिकित्सकको अभावमा सरकारी अस्पतालमा उपकरण थन्किएर बसेका छन् ।

अहिले हेमोडायलासिस युनिट प्रमुख डा. श्रेष्ठले उपचारका लागि आउने बिरामीको उपचार गरिरहेका छन् । उनका अनुसार बिरामीको चाप बढेको छ, मेसिनको अभाव छ । भएका चारमध्ये दुई मेसिन कामै नलाग्ने गरी बिग्रिएका छन् । अहिले दुई चलिरहेका छन् । उनले भने, “चलिरहेका दुईमध्ये पनि एउटा मेसिनले डायलासिस गर्दा पटक–पटक धोका दिइरहेको छ ।”

बिरामीका आफन्त हरेक दिनजसो आउनुहुन्छ पालो आएको छैन भनेर पठाउन बाध्य भएको डा। श्रेष्ठ बताउँछन् । बिरामीको चापअनुसारको डायलासिस मेसिन र दक्ष जनशक्तिको अभाव हुँदा बिरामी मर्कामा परेका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुपानन्द अधिकारीले डायलासिस गर्ने मेसिन मर्मत तथा खरीदका लागि पहल भइरहेको बताए ।

समयमै डायलासिस उपचार नपाएका कारण बाँकेमा पनि केही मिर्गौलापीडितको मृत्यु भइसकेको छ । बिग्रिएको डायलोसिस मेसिन मर्मतको प्रयास भइरहेको मेसु डा. रुपानन्द अधिकारी बताउँछन् । मिर्गौलाका बिरामीलाई अस्पतालले सहजरुपमा डायलासिस सेवा उपलब्ध गराउँदै आएको मेसु अधिकारीको दाबी छ ।

मेसिनको अभावमा बिरामीले पालोसमेत पाउन नसकेपछि मिर्गौलारोगीका लागि भेरी अस्पतालमा दुई सिफ्ट मात्रै नभई २४ सै घण्टा डायलासिस सेवा शुरू गर्नुपर्ने मिर्गौलापीडितहरुको माग छ । दिउँसो र बिहान मात्र दिइँदै आएको डायलासिस सेवा साँझ र रातिमा पनि दिनुपर्ने र यसका लागि अस्पतालले आवश्यकताअनुसार जनशक्ति र मेसिनको व्यवस्थापन गर्नुपर्नेमा मिर्गौलापीडितहरूले आवाज उठाएका छन् ।

अहिले दैनिक चार जनाको डायलासिस हुँदै आएकामा सेवाअवधि थप भएपछि डालासिस सेवा पाउने बिरामीको सङ्ख्या पनि बढ्ने र डायलासिस गर्न जिल्ला बाहिर र निजी अस्पतालमा महङ्गो रकम तिर्नुपर्ने बाध्यताको अन्त्य हुनेछ । डायलासिस सेवा सञ्चालनमा रहे पनि पर्याप्त स्रोत र उपकरण नहुँदा आकस्मिक भर्ना भएका र नयाँ बिरामीले लामो समय कुर्दा पनि पालो नपाएर अन्यत्र जानुपर्ने बाध्यता छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपालका ७७ जिल्लामध्ये ४७ जिल्लामा कोरोना भाइरस फैलिएको छ । आजसम्म ४७ जिल्लामा

काठमाडौं : पूर्वी रुकुममा पहिलो पटक कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ ।घोराहीस्थित राप्ती स्वास्थ्य

काठमाडौं : वागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । आज बसेको

काठमाडौं– सांसद रेणुका गुरुङले महारानी एलिजावेदलाई ग्रेटर नेपाल फर्काउनको लागि सरकारले निवेदन लेख्नु पर्ने बतएकी

पोखरा : बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको

काठमाडौं– नेकपाकी नेतृ एंव प्रतिनिधि सभा सांसद रामकुमारी झाँक्रीले पश्चिम रूकुमको घटना प्रकरण अति राजनीतिकरण

धनगढी : सेती प्रदेशिक अस्पतालको आइसोलेसनमा एक पुरुषको मृत्यु भएको छ ।मंगलबार मात्रै भारतबाट फर्किएका

एजेन्सी : कोरोना भाइरसको महामारीबाट विश्वभर ५६ लाख ७८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्

जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा ४६ जना संक्रमित थपिएका छन् । जसमध्ये

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले नवराज विकको हत्यामा संलग्न सबैलाई कारबाहीको माग गरेका छन् । कसैको

काठमाडौं– नेपालको नयाँ नक्सा प्रकाशन, मुद्रण तथा बिक्री वितरण गर्न नापी विभागको स्वीकृति लिनुपर्ने भएको

काठमाडौं : पश्चिम रुकुमको चौरजहारी घटनाको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । पश्चिम रुकुमको