प्रदेश २ को नाम मिथिला राख्न हस्ताक्षर संकलन



जनकपुरधाम : प्रदेश नं. २ को नाम मिथिला र कामकाजको भाषा मैथिली हुनुपर्ने भन्दै युवाहरुको एक समुहले हस्ताक्षर अभियान सुरु गरेको छ । 

हस्ताक्षर संकलनकका लागि ९ जना युवा ‘मिथिला यात्रा २०७५’ नामक अभियान लिएर प्रदेश नम्बर दुईका विभिन्न जिल्लामा पुगेका छन् । बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषा, सिरहा र सप्तरी गरी ६ जिल्लाबाट हालसम्म ७ हजारबढी हस्ताक्षर संकलन गरिएको अभियन्ता ध्रुव झाले जानकारी दिए ।

मंसिरको १३ गतेबाट सुरु भएको हस्ताक्षर संकलन विभिन्न जिल्लाका गाउँ–गाउँ हुँदै अहिले सप्तरी आइपुगेको झाले बताए । 

हस्ताक्षर अभियानमा सर्वसाधारणले उल्लेख्य सहभागिता जनाउँदै ऐक्यबद्धता व्यक्त गरेको समूहको दावी छ । संकलन गरिएको हस्ताक्षर मुख्यमन्त्रीलाई बुझाउने कार्यक्रम छ । 

प्रतिक्रिया दिनुहोस्