हरित प्रदेश याेजनाले प्रदेश २ काे समृद्धि सम्भव छ : वातावरण राज्यमन्त्री मण्डल



जनकपुरधाम : धार्मिक तथा पर्यावरणीय पर्यटन विकासको प्रचुर सम्भावनासमेत रहेको एतिहासिक धार्मिक स्थल धनुषाधाममा आज उद्मोग, पर्यटन, वन तथा वतावरण राज्यमन्त्री सुरेश मण्डलले भ्रमण गरेका छन् ।

 

भ्रमण गर्न धनुषाधाम पुगेका राज्यमन्त्री मण्डलले मन्दिरको पूजाअर्चनापश्चात् धनुषाधाम सरंक्षित वनको अवलोकन गरेका थिए 

तीन सय पचास हेक्टरमा फैलिएको धनुषाधाम संरक्षित वनबारे जिल्ला वन अधिकृत अशोककुमार झाले भने, ‘विगतमा यो वन संरक्षण चुनौतीका रुपमा रहे पनि स्थानीयबासीको सार्थक सहयोगले वर्तमानमा यसको रूप फेरिएको छ, हाल  वनभित्र रहेका रुख कटान तथा चरणमा पूर्ण रुपले निषेध गरिएको छ’ ।

 

यसैगरी वन तथा पर्यावरणकै क्षेत्रमा लामो समय क्रियाशील मिथिला वाइल्ड लाइफ ट्रष्टका पर्यावरणीय अभियन्ता देवनरायण मण्डलले प्रदेश २ मा यस वनले पर्यापर्यटनलाई बढावा दिन वनभित्र, नीलगाई, कछुवा, किङ कोब्राजस्ता प्रणीको संरक्षण केन्द्र पनि विस्तार भइरहेको बताए । 

 

धार्मिक दृष्टिकोण राखी आएका पर्यटकको बसाइ अवधि लम्ब्याउने गरी यस वन क्षेत्रमा जुलोजिकल पार्क निर्माण आवश्यक रहेको बताए । 

 

करिब २ घण्टा वनको अवलोकन गरेका राज्यमन्त्री मण्डलले स्थानीय सरकार तथा केन्द्रीय सरकारको चेपुवामा परेको विकास प्रदेश सरकारले फुकाउने जिम्मेवारी सम्हालेको बताए । 

 

सो वन पर्यटन, उद्मोग तथा वतावरणीय विकासका लागि प्रदेश सरकारले प्रदेश वन नीति ल्याउन लागेको र प्रदेश सुहाउँदो विकासको अवधारणा र कार्यक्रमसहित अगाडि बढ्ने योजना रहेको बताए । 

 

प्रदेश २ मा २७ दशमलव ४९ प्रतिशत र नेपालको ४ दशमलव ३६ प्रतिशत वन रहेको र यस भूभागलाई अझ विस्तार गर्न हरित प्रदेश अभियानजस्ता कार्यक्रम सुरुवात गरिसकेको यसले अझ टेवा पुग्ने उनले बताए । 

प्रतिक्रिया दिनुहोस्