पूर्वप्रधानमन्त्री तुलसी गिरीको निधन



काठमाडौं: पूर्व प्रधानमन्त्री डा‍‍. तुलसी गिरीको आज निधन भएको छ । ९३ वर्षिय गिरीको आज बिहान बुढानीलकण्ठस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

 

कलेजोको क्यान्सरबाट पीडित उनी दुई दिनअघि मेडिसिटी अस्पतालबाट 'डिस्चार्ज' भएर घर गएका थिए । नेपाली कांग्रेसको महामन्त्री हुँदै पञ्चायतकालमा प्रधानमन्त्री भएका राजनीतिज्ञ गिरीका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

 

गिरी राजाले शासन सत्ता हातमा लिएका बखत पटक पटक प्रधानमन्त्री बनेका थिए ।  २०१७ सालमा राजाले जन निर्वाचित संसद र सरकारलाई भगं गरी पञ्चायती व्यवस्था सुरु गरेपछि मन्त्रिपरिषद् उपाध्यक्ष भएका थिए ।

 

तत्कालिन राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा देशको शासन सत्ता हातमा लिएर प्रत्यक्ष शासन शुरु गरेपछी पुनः मन्त्रिपरिषद उपाध्यक्ष भएका थिए । "पन्चायत ब्यबस्थाको जननी" मानिने गिरी कम उमेरमा प्रधानमन्त्री हुने ब्यक्ति पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्