ए डिभिजन लिगमा आज दुई खेल हुँदै



काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज २ वटा खेल हुँदैछ । एन्फा मैदान सातदोबाटोमा हुने पहिलो खेलमा पीएफ र मछिन्द्र प्रतिस्पर्धा गर्दैछन् ।

आजको खेलमा जित निकाल्दै एपीएफ तालिकाको नवौ स्थानमा उक्लने दाउमा छ भने मछिन्द्र पहिलो जितको खोजिमा छ । 

सोही मैदानमा दिउँसो साढे २ बजे मनाङ मर्स्याङ्दी क्लब र च्यासल युथ क्लब भिड्ने छन् । जारी लिगमा अपराजित मनाङ  आजको खेलमा पनि जित निकाल्ने प्रयासमा छ । २४ अंक सहित मनाङ शीर्ष स्थानमा छ भने समान अंक बनाएको संकटा क्लब गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।

च्यासल भने १३ अंक सहित सातौं स्थानमा छ । उसले अहिले सम्म चार खेल जितेको छ भने एक खेल बराबरी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्