जनकपुरमा भब्य रुपमा दशैं मनाईँदै (फोटोफिचर)



जनकपुरधाम : प्रदेश २ को अस्थायि राजधानी जनकपुरमा भब्य रुपमा दशैँ मनाउने क्रम जारी छ । घटस्थापना देखि दशैँ मनाउने जनकपुरको परम्परा पुरानै हो ।

This image has an empty alt attribute; its file name is 71776710_2395578284063875_4024006064222502912_n.jpg

हिन्दु धर्मालम्बीहरुको महान चाड दशैँलाई दशमीको रुपमा मनाउने प्रचिन कालिन परम्परा हो ।

This image has an empty alt attribute; its file name is 71398814_506092730229901_5357680571696807936_n.jpg

जनकपुर भरी विभिन्न मन्दिरहरुमा बनाईएको मण्डपहरुमा विधुत जडान गरी विभिन्न किसिमको लाईट प्रयोग गरेर सुन्दर बनाईएको छ ।

This image has an empty alt attribute; its file name is 71500852_429130671285629_8935995964057976832_n.jpg

जनकपुरका सबै मन्दिरको परिसरमा बनाईएका मण्डपहरुमा दुर्गा लगायतका देविदेवताका मुर्तिहरु प्रतिस्थापन गरिएको छ ।

दिनमा कमै भक्तजनहरुको उपस्थिती हुने जनकपुरका ऐतिहासिक मन्दिरहरुमा साँझ परेपछि भक्तजनहरुको थेग्नै नसकिने गरि भक्तजनहरुको भिड लाग्ने गरेको छ ।

मन्दिरहरुमा प्रतिस्थापन गरिएका मण्डपहरुमा कलाकारहरुले भजन प्रस्तुत गर्ने गरेका छन् । भजन सुन्न भक्तजनहरुको भिड लाग्ने गरेको पाईयो ।

कतिपय छिमेकि मुलुक भारतका भक्तजनहरुको पनि अहिले जनकपुरमा भिड लागेको बताईएको छ ।

जनकपुरका धेरैजसो चोकहरुमा विधुतिय लाईट बिभिन्न कलरमा बल्दा रातको समयमा जनकपुरको अति नै सुन्दर देखिने गरेको छ ।

राती आयोजना गरिने धार्मिक भजन सन्ध्यामा सबै मन्दिरहरुमा अनगिन्ति भक्तजनहरुको सहभागिता हुने गरेकोमा धेरैजसो महिलाहरुको सहभागिता हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्