चिकित्साशास्त्रतर्फकाे नाेबेल पुरस्कार घाेषणा,साहित्यतर्फ भने विवाद



एजेन्सी : यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी वैज्ञानिक जेम्स पी. एलिसन र जापानी वैज्ञानिक तासुकु होन्जुलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ।

 

कोरोलिन्स्का इन्स्टिच्युटमा भएको नोबेल सम्मेलनले अमेरिकी वैज्ञानिक एलिसन र जापानी वैज्ञानिक होन्जुलाई यो वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

 

क्यान्सर रोगको उपचार क्षेत्रमा नवीन खोजका लागि दुवै वैज्ञानिकलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय नोबेल समितिले गरेको जानकारी दिइएको छ। 

 

साहित्यतर्फ नोबेल पुरस्कार प्राप्त गरेका जाँ-क्लाउड आर्नोल्टालाई बलात्कारको आरोपमा स्वीडेनको एक अदालतले दुई वर्षकोे जेल सजाय सुनाएको छ। स्टकहोम जिल्ला अदालतले साहित्यकार अर्नोल्ट दोषी रहेको पुष्टि भएको बताएको छ।

 

यस्तै आर्नोल्टलाई प्रदान गरिएको साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गर्ने कमिटिमा उनकै श्रीमती सदस्य रहेको पाइएको अन्तर्राष्ट्रिय समाचार माध्यमले बताएका छन्। 

 

स्वीडिस एकेडेमीले साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गर्छ। यिनै दुई विषयका कारण साहित्यतर्फको नोबेल पुरस्कार नदिइने भएको हाे। गत वर्षको नोबेम्बरमा आर्नोल्टलाई बलात्कारको आरोप लागेको थियो। हलिउडका चर्चित कलाकार हार्भे वाइन्स्टाइनमाथि बलात्कारमा उनलाई दोषी पाइएको थियो।

 

७२ वर्षीय साहित्यकारमाथि स्वीडेनको दैनिक अखबार डाजेन्स न्यिटरले १८ जना महिलाकोे बलात्कार, यौनशोषण र तनाव दिएको दाबी सहितको समाचार प्रकाशित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा व्यापक अनियमितता, भ्रष्टाचार र किर्ते गर्ने काम भएको

काठमाडौं– सांसदहरुले कोरोना भाइरसको विषयमा तथ्यगत जानकारी भन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको

काठमाडौं : सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक नगर्ने क्रम बढेपछि अख्तियारले कडा

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण बन्द भएको छ । संघीय सरकार

काठमाडौं– नेपाल–चीन सीमा प्रश्नमा सरकारले हतारो टिप्पणी गरेको नेपाली कांग्रेसले जनाएको छ। स्थलगत अध्ययनको धारणा

स्याङ्जा : स्याङ्जाको दुई ठाउँमा गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।

काठमाडौं : नेपाल–चीनबीचको सिमानामा राखेको ११ नम्बरको सीमास्तरम्भ ५८ वर्षपछि फेला परेको छ । ५८

वीरगञ्ज : डा. गोविन्द केसीमाथि अभद्र व्यवहार गरेको भन्दै वीरगञ्जका चिकित्सकहरुले विरोध गरेका छन् ।

सप्तरी : कोरोना संक्रमणबाट सप्तरीमा एक जना सरकारी कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रशासन

स्याङ्जा : लगातारको वर्षासँगै गएको पहिरोमा परि स्याङ्जामा २ जनाको मृत्यु भएको छ भने ८

चितवन : लगातारको वर्षाको कारण नारायणी नदीमा बाढी आएको छ भने चितवनको जनजीवन प्रभावित भएको

बुटवल : कोरोना संक्रमणबाट बुटवलमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना