हरिशङ्कर मन्दिर खुला


ललितपुर : पाटन दरबार सङ्ग्रहालय परिसरमा अवस्थित हरिशङ्कर मन्दिर खुला गरिएको छ । सो मन्दिर विसं २०७२ भूकम्पले पूर्ण रुपमा क्षति भएको थियो । तीन तलाको हरिशङ्कर मन्दिर विश्वसम्पदा सूचीको ३५ औँ स्थानमा सूचीकृत पाटन दरवार क्षेत्रमा रहेको छ । पाटनका राजा योगनरेन्द्र मल्लकी छोरीले सो मन्दिर निर्माण गर्न लगाएको इतिहासमा उल्लेख छ ।

हिन्दू धर्मावलम्बीले हरिशङ्करलाई शिव र विष्णुको संयुक्त स्वरुपमा पुज्छन् । मन्दिर पुनःनिर्माणको सम्पूर्ण प्राविधिक जिम्मेवारी काठमाडौँ उपत्यका संरक्षण कोष (केभिपिटी) ले लिएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मन्दिरको आज उद्घाटन गर्दैै मन्त्री भट्टराईले मुलुकमा रहेका पुराना संस्कृति सम्पदालाई जस्ताको तस्तै स्वरुप दिन सक्षम दक्ष कालिगढलाई सम्मान गरिने बताए ।

सत्रौँ शताब्दीको अन्त्यमा निर्माण भएको सो मन्दिर हाल २०७६ सालमा पुनःनिर्माण हुँदा पनि पुरानै स्वरुपको देखिएको भनी खुशी व्यक्त गर्दै उनले भने, “सांस्कृतिक विविधता भएको मुलुकमा प्राकृतिक र ऐतिहासिक सम्पदा मासिन नदिनु आजको चुनौती हो, समयसँगै समाज पुस्तान्तरण हुँदै गएको अवस्थामा दक्ष कामदारको अभाव हुन दिदैनन् ।”

मुलुकमा पुरानो संस्कृति र मौलिकताको महत्व जोगाईराख्न कलाकार र कालिगढको नामावली सङ्कलन गरी राख्न जरुरी भएको मन्त्री भट्टराईको भनाइ थियो । देशको पुरानो कलाकारितामा थप जोड दिन यस विधामा आधारित थप विद्यालय र क्याम्पस खोल्न जरुरी रहेको मन्त्री भट्टराईले औँल्याए ।

सो अवसरमा केभिपिटीका देशीय निर्देशक रोहित रञ्जितकारले मन्दिर पुनःनिर्माण सम्पन्न गर्न रु पाँच करोड १८ लाख खर्च भएको जानकारी दिए ।

“यो मन्दिरसँगै अन्य मन्दिरको पुनःनिर्माणको कामलाई एकै पटक अघि बढाउँदा सम्पन्न गर्न चार वर्ष लाग्यो”, रञ्जितकारले भने, “ मन्दिरमा प्रयोग भएका पुरना सामग्रीमा ८० देखि ८५ प्रतिशत बुट्टा भरिएको काठ र २० देखि २५ प्रतिशत पुराना इँट्टाबाहेक सबै सामग्री नयाँ खरिद गरी प्रयोग गरेका छाैँ ।”

हरिशङ्कर र चारनारायण मन्दिरको काम एकै पटक समाप्त भए पनि पछिल्लोचाहिँ दशैँपछि उद्घाटन गरिने रञ्जीतकारले बताए । हरिशङ्कर मन्दिर निर्माणमा अष्ट्रियाको युनिभर्सिटी अफ एप्लाइड आर्ट भियना र जर्मन राजदूतावासको पनि सहयोग रहेको छ । ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले पाटन दरबार क्षेत्रका ९० प्रतिशत मन्दिर पुनःनिर्माण सम्पन्न भएको जानकारी दिए ।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले हरिशङ्कर मन्दिर मूर्त र अमूर्त सम्पदा दुवैको एक उदाहरणीय नमूना रहेको बताए । पुरातत्व विभाग, स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय पाटन दरबार सङग्रहालयका प्रमुख सन्दीप खनालले बडादशैँलाई लक्ष्य गरी सो मन्दिर खुला गरिएको जानकारी दिए ।

पाटन दरबार हेरचाह कार्यालयका अनुसार पाटन दरबार परिसरका कृष्णमन्दिर, विश्वनाथ मन्दिर, पाटन दरबार सङ्ग्रहालयका तीन चोक, बहादुर शाह भवन, सिंहस्तम्भ, योगनरेन्द्रको शालिक स्तम्भ, मणिमण्डप र तलेजु भवानी मन्दिर पुनः निर्माणको काम समाप्त भइसकेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः नेपालमा एकै दिन ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज र विराटनगरमा

काठमाडौं : काठमाडौं उपत्यकामा बुधबार थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

काठमाडौं : ललितपुर केन्द्रबिन्दु भएर बुधबार दिउँसो भूकम्प गएको छ । बुधबार दिउँसो ४ बजेर

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

वीरगञ्ज : देशको आर्थिक राजधानीको रुपमा परिचित वीरगञ्ज कोरोना सङ्क्रमणका कारण प्रभावित बनेको छ ।

पर्सा : वीरगञ्ज कारागारका प्रमुखसहित १३३ जनामा कोरोना सक्रमणको पुष्टि भएको छ । जसमध्ये बाराका

अयोध्या (भारत) : भारतीय प्रधानमन्त्री नरेंद्र मोदीले मङ्गलबार उत्तरप्रदेशस्थित अयोध्यामा राम जन्मभूमि मन्दिर निर्माणका लागि

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरो खस्दा पुरिएर मृत्यु भएका दुई जनाको शव वीरगञ्ज

सुनसरी : इटहरी उपमहानगरपालिकाले आज (बुधबार)देखि लकडाउन गर्ने निर्णय गरेको छ । कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा २ सय ५९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा काम गर्ने १५ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ : सङघीय राजधानी काठमाडौँमा कोरोना सङ्क्रमणको सङ्ख्या बढदै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शङ्कास्पद