सडक निर्माण ठप्प


सङ्खुवासभा : सङ्खुवासभाको उत्तरी क्षेत्रमा लगातार पहिरो खसेपछि कोशी राजमार्गअन्तर्गत मकालु गाउँपालिकाको दोभान–वरुण नदी खण्डको सडक निर्माण ठप्प छ । वैशाखको पहिलो सातायता उक्त क्षेत्रमा नियमित रुपमा पहिरो खसेपछि सडक निर्माणको काम रोकिएको हो ।

सडक निर्माणका लागि सवारीसाधन लैजान नसक्दा काम अघि बढ्न सकेको छैन । नयाँवस्ती वरुण नदी खण्डमा पर्ने झण्डै २७ किलोमिटर क्षेत्रमा पहिरो नियमित झरिरहेको स्थानीयवासी बताउँछन् । निर्माणका लागि लगिएका ठूला सवारीसाधन पहिरो खसेपछि दोभानमै थन्किएका छन् ।

सडक निर्माणको ठेक्का स्वामीनारायण आशिर्वाद जेभीले लिएको थियो । “डोजर र अन्य सवारीसाधन लैजान नसक्दा काम रोकिएको छ”, निर्माण कम्पनीका सन्तोष बस्नेतले भने, “झरी रोकिएपछि काम अघि बढ्छ ।”

नयाँवस्तीबाट वरुणसम्म सडक चौडा, पर्खाललगायत काम गरिने बस्नेतले बताए। उत्तरी क्षेत्रका विभिन्न ठाउँसम्म साँझ पाँच बजेदेखि बिहान आठ बजेसम्म एकतर्फी रुपमा सवारीसाधन सञ्चालनमा छन् । उत्तर–दक्षिण कोशी सडक योजनाका प्रमुख गौतमकुमार श्रेष्ठका अनुसार दोभानबाट नयाँवस्तीसम्म झण्डै दुई किलोमिटर क्षेत्रमा सडक भत्किएको छ । – रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः नेपालमा एकै दिन ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज र विराटनगरमा

काठमाडौं : काठमाडौं उपत्यकामा बुधबार थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

काठमाडौं : ललितपुर केन्द्रबिन्दु भएर बुधबार दिउँसो भूकम्प गएको छ । बुधबार दिउँसो ४ बजेर

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

वीरगञ्ज : देशको आर्थिक राजधानीको रुपमा परिचित वीरगञ्ज कोरोना सङ्क्रमणका कारण प्रभावित बनेको छ ।

पर्सा : वीरगञ्ज कारागारका प्रमुखसहित १३३ जनामा कोरोना सक्रमणको पुष्टि भएको छ । जसमध्ये बाराका

अयोध्या (भारत) : भारतीय प्रधानमन्त्री नरेंद्र मोदीले मङ्गलबार उत्तरप्रदेशस्थित अयोध्यामा राम जन्मभूमि मन्दिर निर्माणका लागि

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरो खस्दा पुरिएर मृत्यु भएका दुई जनाको शव वीरगञ्ज

सुनसरी : इटहरी उपमहानगरपालिकाले आज (बुधबार)देखि लकडाउन गर्ने निर्णय गरेको छ । कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा २ सय ५९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा काम गर्ने १५ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ : सङघीय राजधानी काठमाडौँमा कोरोना सङ्क्रमणको सङ्ख्या बढदै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शङ्कास्पद