आज वर्षकै बढी चिसो, दिउसो पानी पर्न सक्ने



काठमाडौं: आज विहान वर्षकै चिसो महसुस गरिएको छ । बिहानको काठमाडौंमा न्यूनतम तापक्रम २.४ डिग्री सेल्सियस पुगेको छ । जुम्लामा माइनस ६ डिग्रीसम्म पुगेको छ ।

 

बंगालको खाडीमा विकसित भएको सामुद्रिक चक्रवातको प्रभाव नेपालमा परेको हो । देशैभर चिसो बढ्नुको साथै हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज रातिदेखि मध्ये र पूर्वी भागमा हल्का वर्षा भएको छ । काठमाडौंमा दिउसो हल्का वर्षा हुन सक्ने अनुमान महाशाखाले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्