कुन समयमा र कति पिउने कफी ? यसो भन्छन् विज्ञहरु



काठमाडौं : प्रायजसो मानिस तनाव र थकानबाट मुक्त रहन कफी पिउने गर्छन्। कफी पिउने बित्तिकै फ्रेस भएको महशुस गर्छन् पनि । त्यसैले कफी पारखीहरु आफू मात्र नभएर अरुलाई पनि फ्रेस रहन कफी पिउन सल्लाह दिन्छन्।

तर सुत्‍नुअघि कफी पिउँदा निन्द्रा नलाग्ने समस्या निम्तिने विशेषज्ञहरु बताउँछन्। मसलादार चीज या कफी पिउँदा निन्द्रा नलाग्ने समस्या देखिने हुँदा बिर्सेर पनि रातिको समयमा कपी नपिउन विज्ञहरुको सल्लाह छ।

विज्ञका अनुसार १० ग्राम कफीमा ४ मिलि ग्राम क्याफिन हुन्छ। यसले शरीरमा दुई घन्टासम्म असर गर्छ । बढी मात्रामा चिया वा कपी पिउँदा पेट पोल्ने र दुख्ने समस्याले सताउने गर्छ । यो समस्या पछि गएर ग्याष्ट्रिकको रुपमा देखापर्ने हुन्छ । जसले गर्दा लामो समयसम्म औषधि सेवन गर्नुपर्ने हुन्छ।

त्यसैले यदि कफी पिउने आदत नै छ भने पनि सुत्नुभन्दा अघि नपिउनुहोस् । रातिको सट्टा दिउँसो पिउनुहोस । विज्ञका अनुसार दिनमा ३र४ कप कफी पिउनु सामान्य नै मानिन्छ । तर हाई कोलेस्ट्रोलको समस्या भएकाहरु र गर्भवतीले भने दिनमा १ कप भन्दा बढी कफी पिउनुहुँदैन । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्