चितवनमा पाँच महीनामा ७४ यात्रुको मृत्यु



चितवन: सवारी साधनको चाप बढेसँगै चितवन जिल्लामा दुर्घटना बढ्दै गएको पाइएको छ । जिल्ला ट्राफिक कार्यालयको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको मङ्सिरसम्ममा जिल्लामा १३५ सवारी साधन दुर्घटना हुँदा ७४ जनाले ज्यान गुमाएका छन् भने ३१७ जना घाइते भएका छन् ।

 

कार्यालयका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमका अनुसार बस दुर्घटनामा १७, ट्रक र ट्र्याक्टर दुर्घटनामा चार, जिप दुर्घटनामा तीन, मोटरसाइकल दुर्घटनामा २८, विभिन्न सवारी साधनको ठक्करबाट पाँच साइकलयात्री तथा १७ पैदलयात्रीको मृत्यु भएको छ । आर्थिक वर्ष २०७४÷७५ मा सोही अवधिमा ९६ सवारी साधन दुर्घटना हुँदा ५५ जनाको मृत्यु भएको थियो भने २०५ जना घाइते भएका थिए ।

 

प्रहरी निरीक्षक गौतमले मोटरसाइकलको ठक्करबाट बढी सङ्ख्यामा मृत्यु हुने गरेको बताए । सडकमा सवारी साधनको चाप बढेसँगै दुर्घटनाको सङ्ख्या पनि बढ्दै गएको हो । तीव्र गतिका कारण बढी दुर्घटना हुने गरेको गौतमले बताए । जिल्लामा मासिक एक हजार मोटरसाइकल तथा १०० साना गाडी बिक्री हुने गरेको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : एसीसी ईस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली बिहिबार

काठमाडौं : काठमाडौं, अर्घाखाँची, रुपन्देही र दाङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६

एजेन्सी : चीनबाट फैलिएको कोरोना भाइसरको त्रार पछिल्लो समय विश्वभर छ । हालसम्म चीनमा कोरोना

एजेन्सी : हलिवुड निर्माता हार्भी वाइन्सटिन बलात्कारसहित कुटपिटको घटनामा दोषी पाइएका छन्। न्यू योर्कको एउटा

एजेन्सी : सम्भावित कोरोनाभाइरस महामारीसँग जुझ्नका लागि विश्वव्यापी रूपमा थप तयारी गरिनुपर्ने विश्व स्वास्थ्य सङ्गठनले

जनकपुरधाम : प्रदेश दुईको भौतिक पूर्वाधार राज्यमन्त्री डा. डिम्पल झाको राजीनामा फिर्ता भएको छ ।

काठमाडौं : नेपाल सरकारसँगको अमेरिकी साझेदारी षड्यन्त्रमुलक रणनीति भएको र भारतीय पक्षलाई समेत मतियार बनाएर

काठमाडौं : आज सुनको मूल्यमा १५ सयले वृद्धि भएको छ । हिजो (आइतबार) ७८ हजार

काठमाडौं : आज (सोमबार) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भारत भ्रमणका लागि नयाँदिल्लीको अहमदावाद

काठमाडौं : शेर्पा समुदायले आज (सोमबार) ग्याल्पो ल्होसार पर्व मनाउदै छन् । प्रत्येक वर्ष फागुन

सुरुङ्गा : ह्याविट्याड फर ह्युमानेटी नेपालको आर्थिक सहयोगमा सहारा नेपालले झापा गाउँपालिकाका ४० विपन्न समुदायका

काठमाडौं : सिंहदरबारस्थित हुलाक सेवा विभागको भवनमा आगलागी भएको छ । ननिभेका चुरोठका ठुटाबाट हिजो