यसरी गर्नुहोस् दशैं बिदामा बालबालिकाको समय व्यवस्थापन



काठमाडौं : दशैं शुरु भएसँगै अहिले थुप्रै बालबालिहरुको विद्यालयलमा विदा भइसकेको छ । उनीहरु दसैंको रमझममा रमिरहेका छन् । कोही चंगा उडाइरहेका होलान्, कोही पिंग खेलिरहेका होलान् त कोही आफ्ना साथीभाईहरुसँग रम्दै उफ्रिरहेका होलान् ।

तर, यो रमझममा भने धेरै शहरिया बालबालिकाहरुले भने कोठाभित्रै दिनरात बिताइरहेका पनि होलान् । किनभने अहिलेका बालबालिकाहरु हातमा मोबाइल वा टेलिभिजनको रिमोट छ भने दुनियाँ भुलेर त्यसमै लम्पट हुन्छन् । मोबाइलमा गेम खेल्ने, भिडियो हेर्ने लत छ भने कतिलाई टेलिभिजनको लत लागेको हुन सक्छ ।

यस्ता बालबालिकाहरु बाहिरी दुनियाँमा त्यती रुची राख्दैनन् । ओछ्यान वा सोफामा ढल्किएर घण्टौ बिताइदिन्छन् ।

त्यसमाथि कतिपय अभिभावकहरुले बालबच्चा भुलाउनका लागि मोवाइल र टिभीको रिर्माट थमाइदिन्छन् । उनीहरुलाई लाग्छ, बालबालिका त्यसमा भुलिएपछि आफुलाई अरु काम गर्न बाधा पुर्याउँदैनन् । बाहिर लड्ने, फोहोर मैला लाग्ने भय पनि हुँदैन । अरुसँग झगडा पनि गर्दैनन् ।
धेरै समय टिभी र मोबाइल हेर्नाले उनीहरुको खानपानको बानीमा पनि परिवर्तन हुने गरेको डाक्टरहरु बताउँछन् ।

अब के गर्ने छ ?
प्रविधिको जमाना छ । बच्चालाई मोबाइलबाट अलग गर्नुपर्छ भन्ने होइन । तर, निश्चित प्रयोजनका लागि, निश्चित समय मात्र मोबाइल खेल्ने छुट दिनुपर्छ । त्यस्तै, टेलिभिजन हेर्ने पनि तालिका बनाइदिनुपर्छ ।

त्यसो त टेलिभिजनमा कतिपय कार्यक्रमहरु निकै उपयोगी हुन्छन्, जसबाट उनीहरुले केही न केही सिक्छन् । त्यस्ता कार्यक्रम हेर्न छुट दिनुपर्छ ।

लत लाग्न नदिनुहोस्
केही आमाबुबाहरु काममा बच्चाले डिस्टर्ब नगरुन भनेर बच्चाहरुलाई आँफै अगाडि बसाइदिन्छन् । उनीहरुलाई लाग्छ यसो गर्दा बच्चाहरु खुसी हुन्छन् र आफ्नो काम सक्न सकिन्छ । आमाबुबाको यो कदमले बच्चाहरुको लागि घातक पनि हुन सक्छ ।

Image result for parents with children

निन्द्रा प्रभावित नहोस्
मोबाइलमा लिप्त भइरहँदा बच्चाको खाने, बस्ने, सुत्ने, उठ्ने तालिका प्रभावित हुनसक्छ । त्यसैले मोबाइल प्रयोगमा सकेसम्म नियन्त्रण गर्नुपर्छ ।

त्यस्तै टिभीमा धेरै फिल्म, कार्टुन र हरर फिल्महरु हेर्नाले बच्चाको निन्द्रा प्रभावित हुन्छ । सुत्ने समयमा पनि उनीहरुको दिमागमा यीनै कार्यक्रमका दृश्य आँउछन् । यसले उनीहरुको सोच्ने बुझ्ने क्षमता प्रभावित हुन्छ ।

यसैले सुत्नभन्दा पहिले बच्चाले टिभी नहेरुन भन्ने कुरामा ध्यान नदिनुहोस् । यदि बच्चाहरुले टिभी हेरिरहेका छन् भने कम्तिमा पनि हरर फिल्महरु चैं नहेरुन भन्ने बारेमा विचार गर्नुहोस् ।

बाहिरी संसार देखाउनुपर्छ
अहिलेका बच्चाहरु मोवाइल समातेर घरभित्रै दिन बिताइरहेका हुन्छन् । टिभी हेरेर रात गुजारिरहेका हुन्छन् । यसको एउटा कारण चाहि, आमाबुबासँग उनीहरुको लागि समय हुँदैन । यसैले आफ्नो व्यस्त दिनचर्यामा हरेक दिन केही समय उनीहरुको लागि अवश्य निकाल्नुहोस् ।

Image result for nepali children playing

कहिले उनीहरुलाई पार्क, म्युजियम, सपिङमा लैजानुहोस् भने कहिले काहीँ कुनै साथी वा आफन्तको घर लैजानुहोस् । घुमफिर र परिवारसँग समय बिताउनाले उनीहरुको टिभी हेर्ने समय कम हुन्छ ।

रोल मोडल बन्नुहोस्
बच्चा आमाबुबाको व्यवहार र बानीको नक्कल गर्छन् । यसैले यदि तपाईं समय मिल्नसाथै टिभी हेर्ने गर्नुहुन्छ भने उनीहरु पनि यस्तै गर्छन् ।

टिभीमा तपाईंले जुन खालका कार्यक्रम हेर्नुहुन्छ उनीहरु पनि यस्तै कार्यक्रम हेर्छन । त्यसैले तपाईंले आँफैलाई परिवर्तन गर्नुपर्छ र राम्रो जानकारीमुलक र सूचनामुलक कार्यक्रमहरु हेर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्