क्याटिओना बनिन् ‘मिस युनिभर्स’, मनिता उत्कृष्ट १० मा



काठमाडौं:  थाइल्याण्डको बैंककमा भएको ‘मिस युनिभर्स २०१८’ को उपाधि फिलिपिन्सकी सुन्दरी क्याटिओना ग्रेले जितेकी छन् । प्रतियोगितामा दक्षिण अफ्रिका ‘फस्ट रनरअप’ हुँदा भेनेजुएला ‘सेकेन्ड रनरअप’ बन्यो ।  

 

प्रतियोगितामा नेपाली प्रतियोगी मनिता देवकोटा ‘उत्कृष्ट १०’ मा पुगेर बाहिरिइन्। एसिया तथा अफ्रिका क्षेत्रका उत्कृष्ट पाँच प्रतिस्पर्धीमा परे पनि उनी उत्कृष्ट १० बाट बाहिरिएकी हुन् । प्रतियोगितामा अमेरिका, युरोप र एसिया प्यासिफिक तथा अफ्रिका गरी तीन महादेशका उत्कृष्ट ५ सुन्दरी छनौंट गरी १५ जना र ५ जना ‘वाइल्ड कार्ड’मार्फत् गरी उत्कृष्ट २० छानिएका थिए । मनिता एसिया प्यासिफिक तथा अफ्रिकाबाट तेस्रो नम्बरमा थिइन् ।

 

उत्कृष्ट १० मा नेपालसँगै दक्षिण अफ्रिका, भियतनाम, भेनेजुएला, फिलिपिन्स, कोस्टारिका, कुराकाओ, क्यानडा, थाइल्याण्ड र पुयोर्टो रिकोका सुन्दरीहरू छनौंट भएका थिए । यी सुन्दरीमध्येबाट उत्कृष्ट ५ छनौंट गर्दा भने मनिता उत्कृष्ट ५ मा अटाउन सकिनन् ।

प्रतिक्रिया दिनुहोस्