महरा प्रकरणले चर्चित हिमालयन ह्विस्कीको माग बढ्यो, स्टक सकियो



काठमाडौं : महरा प्रकरणसँगै एकाएक चर्चामा आएको हिमालयन रिजर्भ हिस्की स्टक नै सकिएको छ । बजारमा यसको खपत अत्यधिक रहेको छ । सभामुख महरासँग जोडिएर यो ह्विस्की यौन काण्डजत्तिकै चर्चामा रहेको छ ।

फेसबुक स्टाटस राख्नेहरुले राखेका राख्यै छन्, हिमालयन डिलरमा ह्विस्की किन्न दौडनेहरु दौडेका दौड्यै छन् । अब त त्यसको स्टकसम्म बाँकी रहेन । अचम्म त के भयो भने सोमबार बिहानदेखि चर्चामा आएको हिमालयन रिजर्भ हिस्की एकैदिन अधिराज्यभरको डिरलबाट सकियो ।

कहाँबाट पत्ता लााग्यो यौनउन्माद ल्याउने हिमालय रिजर्भ ह्विस्की ?

हिमालय रिजर्भ ह्विस्की बजारमा पहिले देखि आइरहेको छ । यसको देशभर डिलर खोलिएका छन् । यसको बिक्रि पनि आफ्नै गतिमा थियो । तर जब सभामुख कृष्णबहादुर महरालाई बलात्कार आरोप लगाउने रोशनी शाहीको कोठामा यसको बोतल भेटियो, तब यसको विज्ञापन निकै भयो ।

यसलाई अनलाइन, पत्रपत्रिका तथा युट्युवहरुले प्राथमिकताका साथ अग्रपंक्तिमा राखे । भिजुअलाइज गरे । यसको चर्चापछि त हिमालयन ह्विस्की पाइनै छाड्यो ।

के यार्सागुम्बा मिसाएको हुन्छ यसमा ?

तात्कालिन सभामुख–शाही यौनकाण्ड बजारमा छताछुल्ल हुनु र हिमालयन ह्विस्की पीडित रोशनी शाहीको कोठामा भेटिनुले बाख्रो हराउनु र चितुवा कराउनु एकै पटक हुन गयो । मदिरा बजारमा हल्ला चल्यो– हिमालयन ह्स्किीमा त यार्सागुम्बा मिसाएको छ रे !

त्यसपछि ह्स्किी पारखीहरु कान समाउन भन्दा पनि कागको पछि निकै दगुरे । डिलरमा रहेको स्टक समेत सिद्धियो । तर कसैले पनि उक्त ह्विस्की उत्पादन गर्ने शारदा समूहलाई एक कल फोनसम्म गरेनन् ।
उक्त ह्स्किीमा प्रचार गरिए जस्तो यार्सागुम्वा मिसाइएको भने पुष्टि हुनसकेको छैन ।

दसैंअघि नै सिद्धियो यसको स्टक :

शारदा समुहको प्रिमियर अर्गानिक प्रालिले यसको उत्पादन गर्ने गरेको छ । तर नेपालमै उत्पादन गरिए पनि हिमालयन रिजर्भ ह्विस्की पूर्णतया नेपालको उत्पादन होइन । केवल बोटलिङ मात्र प्रिमियर अर्गानिकले गर्ने हो । बाँकी सबै आवश्यक वस्तु विदेशबाटै आयात गरिन्छ ।

देशभरका डिलर रित्तिएपछि प्रिमियर अर्गानिक प्रालिले ‘माग उच्च भएकाले धान्न गाह्रो परेको’ बताएको छ । तर दसैंका लागि पनि माग अनुसार पूर्ति गर्नक्ने यो कमपनी तयार रहेको देखिदैन ।
हिमालयन रिजर्भ ह्विस्कीको नेपाली बजार मूल्य रु. ३ हजार प्रति लिटर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्