‘विराट कोहली संसारकै खराब र घमण्डी खेलाडी हुन्’



एजेन्सी : बलिउड अभिनेता नसिरुद्दिन शाहले भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको कडा आलोचना गरेका छन् । केही समयअघि क्रिकेटर कोहलीले क्रिकेटका एक फ्यानलाई भारत छोडेर जान भनेका थिए । 

विराटको यसकिसिमका कुराले उनको निकै आलोचना पनि भएको थयो ।  सामाजिक सञ्जालमा अभिनेता नसिरुद्दिन शाहले पनि विराटको यस बयानको खुलेरै आलोचना गरेका छन् । 

नसिरुद्दिनले आफ्नो फेसवुकमा लेखेका छन, ‘विराट कोहली संसारकै उत्कृष्ट बल्लेबाज हुनुका साथै एक खराब व्यवहार भएका खेलाडी हुन् । उनको क्रिकेट खेल्ने क्षमता उनको अहंकार र खराब व्यवहारका अगाडि फिक्का भइदिन्छ । र मलाई भारत छोडेर जाने कुनै चाहना छैन ।’

प्रतिक्रिया दिनुहोस्