दशैँ मनाउन नगरपालिकाद्वारा प्रतिव्यक्ति १० केजी चामल


खोटाङ : हलेसी तुवाचुङ नगरपालिकाले खडेरी प्रभावित क्षेत्रका स्थानीयवासीलाई दशैँ मान्न खाद्यान्न उपलब्ध गराएको छ । लामो समयको खडेरीका कारण छरेको मकै पनि सुकेर मरेपछि खाद्य सङ्कटमा परेका स्थानीयवासीलाई नगरपालिकाले राहतस्वरुप चामल उपलब्ध गराएको हो ।

सुक्खाग्रस्त क्षेत्रमा पर्ने नगरपालिकाका ११ वडाका करीब पाँच हजार ५०० घरधुरी खडेरीपीडितलाई दशैँ मान्न जनही १० केजीका दरले चामल वितरण गरिएको नगरप्रमुख इवन राईले बताउनुभयो । “सुक्खाग्रस्त क्षेत्रका स्थानीयवासीको घरमा अहिले अन्नको दानासमेत छैन”, उहाँले भन्नुभयो, “खाद्यान्न अभावले दशैँ मान्नसमेत नपाउने भएपछि प्रतिघर १० केजीका दरले चामल वितरण गरिएको हो ।”

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सो नगरपालिकाले जनप्रतिनिधि, कर्मचारी र कम्तीमा मासिक रु १५ हजार नियमित आम्दानी भएका बाहेकका परिवारलाई चामल वितरण गरिएको जनाएको छ । खडेरीले मकै छर्न नपाएका र छरिएको मकैको बिरुवासमेत मरेपछि नगरसभाबाटै खाद्य सङ्कट क्षेत्र घोषणा गरेको थियो ।

खाद्य सङ्कट क्षेत्र घोषणा गरेको नगरपालिकाले रु एक करोड ३० लाख बराबरको चामल खरीद गरेर ल्याएको छ । वडा नं ९ सल्लेबाट खाद्यान्न वितरण शुरु गरेको नगरपालिकाले सबै वडाका खडेरी प्रभावितलाई वितरण गर्ने जनाएको छ ।

मकै, कोदो, गहत, जुनेलो, फापर र मासभटमास मात्र फल्ने हलेसी क्षेत्रमा फौजी कीराले समेत आतङ्क मच्याएको छ । करीब दुई महीनाअघि फैलिएको अमेरिकन फौजी कीरा अझै नियन्त्रणमा नआएको स्थानीयवासीले बताएका छन् ।

खेतीपातीबाहेक अन्य आम्दानीको स्रोत नहुने सुक्खाग्रस्त क्षेत्रका स्थानीयवासीमा यस वर्षको खडेरीले खाद्यान्नको चरम अभाव हुने भएको छ । दैनिक छाक टार्नको लागि एक मात्र विकल्प रहेको खेतीपातीसमेत लामो समयको खडेरी र फौजी कीराको प्रकोपले स्थानीयवासी चिन्तित बनेका छन् ।

खडेरीका कारण यस वर्ष जिल्लामा कम्तीमा पनि ४० प्रतिशत खाद्यान्न उत्पादन घट्ने सम्भावना रहेको कृषि ज्ञान केन्द्र खोटाङ प्राविधिक सहायक हरिनारायण राईले बताउनुभयो । दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लाका अन्य ठाउँमा समेत खडेरीले असर गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

भक्तपुर– सामूहिक बलात्कार गरेको आरोपमा प्रहरी एक जनालाई पक्राउ गरेको छ । शुक्रबार २० वर्षकी

वीरगन्ज : एकैचौटी पर्साका १८ जना कोरोना भाइरसमुक्त भएका छन् । वीरगन्जस्थित नारायणी अस्पतालबाट डिस्चार्ज हुने

चितवन : कोरोना विशेष अस्पताल भरतपुरको आईसीयूमा एक बिरामीको मृत्यु भएको छ ।भरतपुर अस्पतालमा कोरोना

काठमाडाैं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्वीको पवित्र पर्व इद उल फित्रका अवसरमा

जनकपुरधाम– महोत्तरीको जलेश्वर नगरपालिकास्थित एक क्वारेन्टाइनमा आरडिटी परिक्षण गर्दा एकै परिवारका ३ जनाको रिपोर्ट पोजेटिभ

वीरगन्ज– वीरगन्जको नारायणी अस्पतालमा उपचारत कोरोना संक्रमितको लगातार रिपोर्ट निगेटिभ आएपछी एकै परिवारका ७ महिलासहित

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले इद उल फित्रको अवसरमा शुभकामना दिएकी छन् । इद उल

एजेन्सी : भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ३८ हजार नाघेको छ । एकै

काठमाडौं : भारतीय ह्‍याकरहरुको समूहले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को वेबसाइट ह्‍याक गरेका छन्। भारतीय

काठमाडौं : नुवाकोटमा पहिलो पटक कोरोना संक्रमित व्यक्ति फेला परेको छ । आइतबार दिउँसो स्वास्थ्य

काठमाडौं : आज थप १७ जनाले कोरोना संक्रमण जितेका छन् । नारायणी अस्पतालमा उपचार गराइरहेका

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ३८ लाख ३८ हजार ८ सय ४१ जनामा कोरोना