कांग्रेस महासमिति बैठक स्थगित



काठमाडौं: नेपाली कांग्रेसको महासमिति बैठक स्थगित भएको छ । केन्द्रीय समितिबाट पार्टीको प्रस्तावित विधान पारित नभएकोले बैठक स्थगित गरिएको हो ।

 

विधान पारित गर्न केन्द्रीय समिति बैठक आज बिहान ८ बजे बस्ने भनिए पनि सुरु भएको छैन ।

 

महासमिति बैठकस्थलमा विधान चाहियो भनेर सहभागीहरुले होहल्ला गरेपछि बैठक स्थगित गरिएको हो । केन्द्रीय समितिबाट विधान पारित भएर आएपछि महासमिति बैठक सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्