एक्लो अवस्थामा यौनसन्तुष्टि लिने तरिका



एजेन्सी : दुई व्यक्तिबीच शारीरिक सम्पर्क गरेर यौन सन्तुष्टि लिने प्रक्रिया सबैभन्दा सहज प्रक्रिया हो। तर सधैँ यो सम्भव हुन्न। विवाह पछिको अवस्थामा समेत श्रीमान–श्रीमती सधैँ सँगै नहुन सक्छन्। हाम्रो समाजमा विवाह अगाडि शारीरिक सम्पर्कको माध्यमबाट यौन सन्तुष्टि लिनु सामाजिक रुपमा समेत जटिल छ।

अझै पनि हाम्रो समाजमा यौन सम्बन्धलाई चरित्र र सामाजिक प्रतिष्ठासँग जोडेर हेर्ने गरिन्छ। यसले पनि एक्लो अवस्थामा यौन सन्तुष्टि लिन अझ पुरुषको तुलनामा महिलालाई गाह्रै छ।

विवाहित हुन् या एक्लो महिला, यौन चाहनालाई निषेध गर्न सम्भव छैन। शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक कोणबाट समेत यौन चाहनालाई केही समय पर धकेल्न सकिएला तर पूरै नियन्त्रण गर्न सम्भव छैन। यो प्राकृतिक नियम नै हो।

यौनसँग शारीरिक चाह मात्रै जोडिन्न। योसँगै भावना समेत जोडिएर आउँछ। त्यसैले विवाहित हुन् या अविवाहित, आफ्नो जोडीसँगको सुरक्षित सम्बन्ध नै यौन सन्तुष्टिको प्राकृतिक प्रक्रिया हो। यस्तो सम्भव नभए यसका सुरक्षित विकल्प पनि छन् तर यी विकल्प स्थायी हैनन्।

पहिलो विकल्प आफ्नो यौनाङ्गमा आफैंले घर्षण गर्ने नै हो। आफ्नो स्तन आफैं माड्ने, योनी चलाउने गरेर यौन चाहना मेटाउन सकिन्छ। हातका औँलाले यौनाङ्ग चलाउँदा यौन रसादि निस्किन्छ। यौन रसादि निस्किँदा आनन्द अनुभव हुन्छ। यो सुरक्षित प्रक्रिया पनि हो।

पछिल्लो समय यौन सन्तुष्टिका लागि यौन खेलौनाको प्रयोग गर्ने प्रवृत्ति पनि बढेको देखिन्छ। पश्चिमा मुलुकसँगै नेपालमा समेत सेक्स टोय सहज रुपमा पाउन थालेको छ। अहिले त सेक्स रोबोट समेत बनिसकेका छन्।

तर स्वास्थ्य र यौन सन्तुष्टिका हिसाबले यौन खेलौना स्वस्थ अभ्यास भने हैन। प्राकृतिक रुपमा (यौन जोडीसँग) यौन सम्पर्क गर्दा योनिबाट योनि रसायन निस्कन्छ। त्यसैले यौनानन्द तथा यौन सन्तुष्टि प्राप्त हुन्छ। सेक्स टोयको प्रयोग गर्दा केही समय आनन्दको अनुभव हुनसक्ला तर यो भरपर्दो हुन सक्दैन।

शारीरिक रुपमा यौन सम्पर्क गर्दा शारीरिक मात्रै हैन एकअर्काबीच भावना समेत साटासाट हुन्छ। प्राकृतिक सहवासमा शरीरसँगै भावना समेत मिसिन्छ। शरीरसँगै मानसिक रुपमा समेत आनन्द पाउन सकिन्छ। सेक्स टोयको प्रयोगले शारीरिक सन्तुष्टि त पाउन सकिएला तर मानसिक सन्तुष्टि सम्भव हुन्न।

यसले क्षणिक रुपमा शारीरिक आवश्यकता पूरा हुन्छ तर दीर्घकालमा मानसिक रुपमा नकारात्मक प्रभाव पार्न सक्छ। त्यसैले यौन जीवनमा सकेसम्म प्राकृतिक प्रक्रिया नै अपनाउनु पर्छ। प्राकृतिक प्रक्रिया नै शारीरिक र मानसिक स्वास्थ्यका लागि लाभदायक हुन्छ।

प्रतिक्रिया दिनुहोस्