सुनसान काठमाडौं



काठमाडौं : सधैं व्यस्त हुने काठमाडौं शहर यतिबेला सुनसान भएको छ । नेपालीहरुको महान चाड दशैं मनाउन ठूलो संख्यामा सर्वसाधारणहरु उपत्यकाबाट बाहिरिएसँगै काठमाडौंको चोक, सडक सुनसान भएका हुन् ।

Image result for सुनसान काठमाडौ

सरकारले यो दशैंमा २५ लाख मानिस बाहिरिने अनुमान गरिरहँदा आज (सप्तमी)को दिनसम्म १९ लाखभन्दा बढी यात्रु दशैं मनाउन उपत्यकाबाट बाहिरिसकेका छन् ।

दशैंको अवसरमा उपत्यका छाडेर घर जानेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । बसपार्क र उपत्यकाबाट बाहिरिने नाकामा घर फर्कनेको भीड बढेको छ । एकै दिन साढे २ लाख बढी यात्रु बाहिरिएका छन् ।

Image result for सुनसान काठमाडौ

यस्तै बाहिरिनेको संख्या बढिरहँदा उपत्यका भने सुनसान हुन सुरु भईसकेको छ । शनिबार (सप्तमी)का दिन केही नीजि सवारी साधन चले पनि सार्वजनिक यातायातको संख्या भने न्यून देखियो । यातायातको चाप हुने क्षेत्र न्यूरोड, रत्नपार्क, रामशाह पथ, शहिदगेट माइतीघर मण्डला, नयाँ बानेश्वरलगायत क्षेत्र सुनसान देखिए ।

Image result for सुनसान काठमाडौ

यससँगै आजबाट सम्पूर्ण सरकारी कार्यालयहरु समेत बन्द हुने भएकाले चहलपहल स्वात्तै घटेको छ । व्यापारीहरुसमेत सप्तमी दिन गइसक्ने हुनाले काठमाडौंका गल्ली गल्ली पनि सुनसान भएका छन् ।

आज (शनिबार) फूलपाती पनि भएको र आजदेखि नै सरकारी कार्यलयहरु समेत बिदा हुने हुँदा आज झन ठूलो संख्यामा यात्रुहरु बाहिरीने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी रविकुमार पौडेलले बताए ।

भोली (अष्टमी)का दिनसम्म काठमाडौं पूर्णरुपले सुनसान भइसक्ने पौडेल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्