सोमालियामा ६२ जना मारिए



मोगादिसुः मोगादिसुमा भएका छ वटा हवाई आक्रमणमा कम्तीमा ६२ जना लडाकू मारिएका छन् । राजधानी मोगादिसुदेखि दक्षिणपश्चिमी क्षेत्रमा भएको आक्रमणमा परी अल शबाबका लडाकूहरु मारिएको अमेरिकी सेनाले जनाएको छ ।

 

अमेरिका अफ्रिाका कमाण्डले पछिल्लो घटनामा सर्वसाधारण भने कोही नमारिएको दावी गरेको छ । गान्डार्सेमा अल शबाबका लडाकूहरुलाई लक्षित गरी शनिबार गरिएको चार ओटा हवाई आक्रमणमा ३४ जना मारिएका थिए ।

 

त्यसैगरी आईतबार भएको आक्रमणमा अरु २८ जना मारिएका थिए । आइतबार दुई ओटा हवाई आक्रमण भएको अधिकारीहरुले जनाएका छन् । गान्डार्से सहर राजधानी मोगादिसु र मार्काको बीचमा पर्ने सानो तटिय सहर हो । त्यस सहरलाई आतङ्कवादी समूहले राजधानी आक्रमण गर्ने आश्रयस्थलको रुपमा प्रयोग गर्दै आएका थिए ।  

प्रतिक्रिया दिनुहोस्