माछापुच्छे बैंकले केक काटेर मनायो १९ औ वार्षिकोत्सव



काठमाडौ : माछापुच्छ्रे बैंक लि.ले आफ्नो १९औँ वार्षिकोत्सव केक काटेर मनाएको छ । हरेक वर्ष असोज १७ लाई बैंकले आफ्नो वार्षिकोत्वबको रुपमा मनाउदै आएको छ ।

वार्षिकोत्सवको असरमा केन्द्रियकार्यालय तथा सम्पूर्ण शाखाकार्यालयहरुमा केक काटेर वार्षिकोत्सव मनाएको बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । सन् २००० मापोखरामा संस्थापित माछापुच्छ«े बैंक लि.ले १९ औँ वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरुलाई विभिन्न १९ प्रकारका विशेष सुविधाहरु प्रदान गर्दै आएको बताएको छ ।

बैंकले वार्षिकोत्सवको उपलक्ष्यमा हरेक वर्ष माछापुच्छ्रे महोत्सवको आयोजना गर्दै विभिन्न छुटहरु प्रदान गर्दै आएको र यसवर्षपनि बैंकले बैंकिङ्गकारोबार शुरु गरेकोे १९ वर्ष पुरा गरी २० औं बर्षमा प्रवेशको उपलक्ष्यमा असोज महिना भरी आफ्नो सम्पूर्ण शाखाहरु मार्फत विभिन्न १९ प्रकारका थप सुविधाहरु प्रदान गरीरहेको जनाएको छ ।

बैंकले ग्राहकहरुलाई असोज महिनाभर निःशुल्क डेबिट कार्ड प्रदान गर्नुका साथै डिम्याट खातातथा मेरो सेयर खाता निशुल्क खोलीरहेको छ । योजना अवधिभर लकर सुविधा लिनचाहने ग्राहकलाई ५० प्रतिशत छुट, ५ वा ५ जनाभन्दा वढिको समुहमा क्रेडिट कार्ड लिनेलाई कार्ड जारी शुल्कमा शतप्रतिशत छुट, बैंकको डलर कार्ड जारी शुल्कमापनि ५० प्रतिशत छुट, आइएनआर÷युएसडी र ट्राभल ड्राफ्ट जारी शुल्कमा ५० प्रतिशत छुट, गुड फर पेमेन्टमा पनि ५० प्रतिशत छुट लगायतकाअन्यथुपै सुविधाप्रदानगर्नेछ । बैंकले प्रदानगर्ने विभिन्न सुविधाहरुको भरपुर फाईदा उठाउन इच्छुक व्यक्तिले आफ्नो नजिकको शाखामागई माछापुच्छ«े महोत्सवमा सहभागी हुन सक्ने पनि बताएको छ ।

बैंकले पुर्वमाझापा देखि पश्चिममाकन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्मआफ्ना १४० वटा शाखाहरु, १३० शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २७० स्थानबाट सम्पुर्ण बैकिङ सुबिधा प्रदान गरीरहेको र देशभर १६२ वटा एटीएमहरु सञ्चालनमा रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्