कलाकारको दशैं



काठमाडौ : दशै नेपालीहरुको महान चाड हो । यसलाई सबै नेपालीहरुले आ–आफ्नै तरिकाले मनाएका हुन्छन् । हामीले यसपाली कलाकारहरुले कसरी मनाउदैछन् भनेर टिपोट तयार गरेका छौ । प्रस्तुत छ द नेपाल टप डट कमको लागि सन्दिप परियाले कलाकारसँग करिएको संक्षिप्त कुराकानीको अंश :
रेखा थापा :
बाल्यकालमा दशैँ एकदमै रमाइलो हुन्थ्यो । त्यो बेला जस्तो त अहिले हुँदैन ।
यसपालि दशैँमा मेरो कुनै खास योजना छैन । काठमाडौंमै रहन्छु । आफन्त, साथीहरुसँग भेटघाट गर्छु । विशेष गरी नायिका श्वेता खड्का र परिवार सँगै रमाइलो गरी मनाउने योजना छ ।
दशैं रमाइलो र भेटघाटको लागि मात्र नभई अब केही फरक तरिकाले मनाउनु पर्छ ।
दशैँ आफन्त, ईष्टमित्र र शुभचिन्तकलाई शुभकामना साटासाट गर्ने पर्व हो । दुर्गा भवानीले हाम्रा नेतालाई स्वाभिमान र स्वाधीनतामा टिकिरहने शक्ति प्रदान गरुन् । शक्ति, सत्ता, सम्पत्तिको लोभ छाडेर समाज, राष्ट्रका हितमा चिन्तन गर्ने विवेक प्रदान गरुन् ।

हेमन्त शर्मा : गायक
म जन्मेको ठाउँ, म हुर्केको ठाउँ नवलपरासीको त्रिवेणी हो । बाल्यकालमा त्यहीँ विताईयो । केटाकेटी हुँदा नयाँ लुगा लगाउने, मिठोमिठा खानेकुरा खाने, मिठाई, माछामासु खाँदा खुसी भइन्थ्यो । लङ्गुर बुर्जा खेलिन्थ्यो । यसरी नै वित्यो बाल्यकालको दशैँ । यो बर्ष मेरो घर भैरहवा जाँदैछु । अहिले बुबाआमाहरु भैरहवा बस्नुहुन्छ । त्रिवेणी गाउँमा घर भएपनि कोही बस्नुहुन्न । म दशैँभन्दा ३, ४ दिन अगाडी भैरहवा पुग्छु । त्यही सेरोफेरोमा दशैँको कार्यक्रम गरेर , पुराना साथीभाई, इष्टमीत्रसंग भेटघाट गरेर दशैँ मनाउँछु ।
दशैँ लगतै म कार्यक्रमका लागि जापान जान्छु । दशैँ भन्ने वित्तिकै पहिले पहिले बाल्यकालमा साथीभाइसंग भेट्ने भन्दा पनि नयाँ कपडा लगाउने मिठो खाने स्कूलको विदा हुन्छ भन्ने बढि खुसी लाग्थ्यो । दक्षिणा पाइन्छ भन्ने कुरामा । अचेल चाँही घर जाने, मिडीयाबाट टाढा , रेकर्डिङबाट टाढा हने साथ साथमा पुराना साथीभाईसंग भेटघाट गर्ने । दशैँ कसरी यसरी मनाउनुपर्छ भन्ने छैन । आफुलाई जसरी खुसी लाग्छ त्यसरी मनाउने हो । बस्, अरुलाई डिस्टर्व हुन भएन । चार्डपर्व जस्को भएपछि जहाँ रमाउन मिल्छ । जुनसुकै जात, धर्मावलम्वीले पनि हरेक चार्ड मनाउनु पर्छ ।
हिमाल सागर : गायक
बाल्यकालमा दशैँ खुब रमाइलो हुन्थ्यो । मेरो हजरबुबा हजुरआमाको घर नजिकै थियो । मान्यजनको हातबाट टिका लगाउनको लागि जाने चलन थियो । एकदमै रमाइलो हुन्थ्यो । एउटै किसिमको लुगाहरु किन्दिनुहुन्थ्यो बुबाले हामी ४ जना दाजुभाईलाई । कसैकसैले त गिज्याउँथेपनि । त्यही लुगा पछि फेरी स्कूलको ड्रेसपनि हुन्थ्यो । त्यो अनुभव छ मलाई ।
र हामी सानोमा पिङ खेल्न जान्थ्यौँ । आफ्नो गाउँमा पीङ थापेको छैन भनेअर्को गाउँ जाने, तासहरु खेलेको हेर्ने कसैले जीतेर पैसा दिन्छन् कि भनेर । मासुहरु खाने यसरी नै रमाइलो ग¥थ्र्यौँ हामी । यो बर्षचाहीँ म काठमाण्डौँमै दशैँ मनाउँदैछु । त्यसपछि झापा जान्छु । स–परिवार त्यहाँ मनाउने भन्ने कुरा भएको छ ।
प्रायः विदेशतिरै दशैँ हुने भएकोले लक्कीली यो बर्षचाहीँ म नेपालमै छु। यसअर्थमा ह चाहीँ परिवारसंगै हाँसीखुसीका साथ मनाउँछु । विदेशतिरबाट आफन्त मान्यजनहरु आउनुहुन्छ । आफुभन्दा ठस्लाबडाहरुको हातबाट टिका लगाउने, पिङ खेल्ने, तासहरु पनि खेल्ने, साथीभाइसंग रमाइलो गर्ने, ।
दशैँ भन्ने वित्तिकै मेरो मनमा दशैँ नेपालीहरुको महान चार्ड भन्ने भावना आउँछ । बर्ष दिनलगाएर आउने यो चार्ड एकदमै अमुल्य पनि छ । सानैदेखि मनाउँदै आएका कारण निकै रमाइलो लाग्छ । अझैपनि एकदमै रमाइलो लाग्छ । हुन त बच्चा बेलामा अझ रमाइलो हुन्थ्यो । रमाइलो अलिकति घट्दै गएको होला । दशैँ भन्ने वित्तिकै मान्यजनहरुको टिका लगाउने, आशिर्वाद दिने, आफन्तहरुसंग भेटघाट हुने, बसेर मासु, विभिन्न परिकारहरु खाने, पिङ खेल्ने, घुमघाम आदि यस्तै पर्छन् ।
राजा राजेन्द्र : हाँस्य कलाकार
बाल्यकालमा पाँचथरमा दशैं मनाईन्थ्यो । १२ बर्षको हुदा झापा झरेको हो । पाँचथरमा हुँदा डेडघण्टा टाढाको स्कुल छुट्टि हुनु नै सकभन्दा ठुलो उत्सव हुन्थ्यो । र दशैंको टीका लगाउदा मलाई निधार चिलाउथ्यो त्यसैले सानो छउन्जेल टीका लगाउने बेलामा रोएको अझैसम्म याद आउँछ । ठुला जति सबले लगाउँदा गालादेखि चिउँडोसम्म सब ढाकिन्थ्यो ।
हाम्रो दशैंको रौनक चाहिँ ढोग्ने, ढोगाउने उत्सव नै हुन्थ्यो । सात जना काका बडाका र काकि बडिआमा, दाइ दिदिबहिनी गर्दा लगभग ४०।५० जना भईन्थ्यो । र ठुलाजति सबलाई ढोग्नु पर्ने । र कसैले सानालाई छुट दिँदैनथ्यो ।
यो बर्ष काठमाडौंको भक्तपुरमा बुबाआमाबाट टीका थापेर झापा गइन्छ र पाँचथर सम्म पुग्ने योजना छ । मलाई दशैं भन्ने बित्तिकै छुट्टि , आफन्त भेटघाट , टीका , पिङ्ग, खसी , लङ्गुरबुर्जा , मामाघर , दक्षिणा, फुटबल याद आउँछ । दशैँ सकेसम्म कम खर्च गरेर र धेरै रमाइलो गरेर मनाउनुपर्छ ।

कुमार कट्टेल (जिग्री) : हाँस्य कलाकार
बाल्यकालमा जस्तो रमाइलो त दशैँमा कहिले हुँदैन । झापा गौरादहमा बाल्यकाल वितेको हो, मेरो । त्यहाँको समाज त्यहाँको माहोल साँच्चै नै गजबको छ । बाल्यकालमा नयाँ लुगा लगाउँन पाउँदा निकै खुसी लाग्थ्यो । घटस्थापनाका् दिनदेखि नै दशैँको माहोल सुरु हुन्थ्यो । नयाँ लुगा लगाउने, पीङ खेल्ने, टिका लगाउने टाढाटाढा आफन्तकोमा जाने भनेपछि रमाइलो लाग्थ्यो ।
अहिले सबै परिवार काठमाण्डौँमा नै हुनुभएकोले दशैँ यतै मनाइन्छ । टिका आशिर्वाद थापेपछि चाहीँ घुम्न जाने योजना छ । अरु समय कामले गर्दा रमाइलो गर्न पाइँदैन । यो दशैँमा रमाइलो गर्ने प्लान छ ।
दशैँ भन्ने वित्तिकै नयाँ लुगा लगाउने, आफन्तसंगको जमद्धट भेटघाट, आफुभन्दा ठस्लाको हातबाट टिका आशिर्वाद लिने भन्ने नै हुन्छ ।
आजकल दशैँ अलि बढि भड्किलो भए जस्तो लाग्छ । दशैँमा धेरै खर्च गर्ने खानपीनमा मात्र ध्यान दिने , बढि देखावटी बन्दै गएको छ । मुख्य साँस्कृतिक महत्वबारे खासै सजग भएको लाग्दैन । त्यसैले संस्कृतिलाई पनि ध्यानमा राखेर नेपालीहरुको यो चार्ड सभ्य तरिकाले दशैँ मनाउनुपर्छ ।

युवराज चौलागाईँ : गायक
बच्चा हुँदा नयाँ लुगा लगाएर , पीङहरु खेलेर , तास खेलेर, लंगुर बुर्जा खेल्ने । त्यसबेला धेरै पैसा हारेको पनि स्मरण छ । बच्चा बेलामा खेल्दा खेरी नै आनन्द हुन्थ्यो । दशैँ सुरु भएपछि छुट्टै रमाइलो आभास दिलाउँथ्यो ।
संधैँ झै यसपाली पनि मेरो घर चितवनमा गएर दशैँ मनाउँछु । घरमा आमाको आशिवार्द दिएर परिवार संगै खुसियालीका साथ दशैँ मनाउने योजना छ । संगै साथीभाइहरु संग पनि भेटघाट हुन्छ ।
तास खेल्न त्यती नआएपनि हल्का खेलीन्छ । पीङहरु खेलेर मनाउछँु। म जैले हारिराको हुन्छु। यसपाली जित्छु कि भनेर सोचिराको छु ।

सन्तोष सेन : चलचित्र निर्माता
बाल्यकालको दशैँ मामाघर टिका लगाउन जाने । गाउँमा मान्यजन सबैसंग टिका थाप्ने । यसरी नै मनाइन्थ्यो ।
यो बर्ष चाहीँ पोखरामा सबै परिवार जम्मा हुने योजना छ । यसपाली टिका छैन हाम्रो । परिवार र आफन्त संग भेटघाट गरेर नै मनाईन्छ ।
प्रेम गीत ३ को प्रि प्रोडक्सनको काम भएकाले दशैँको भोलीपल्ट नै काठमाण्डौँ फर्किन्छु ।

प्रतिक्रिया दिनुहोस्