नेकपा स्थायी कमिटीको बैठक जारी



काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक अहिले जारी छ । पार्टी कार्यालय धुम्बाराहीमा जारी बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेको संयुक्त राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको छ ।

 

प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यहरुले बिभिन्न टिप्पणी गरेका छन् । प्रतिवेदनमाथि टिप्पणी गर्ने नेताहरुले सरकार र पार्टी सञ्चालनमा असहमति व्यक्त गरेका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार सञ्चालन प्रक्रिया राम्रो नभएको र त्यसले पार्टीलाई दीर्घकालीन असर पार्ने चेतावनीसमेत दिएका छन् ।

 

प्रतिवेदनमाथीको हिजो भएको छलफलमा बामदेव गौतम र घनश्याम भुषालले नेतृत्वको चर्को आलोचना गरेका थिए भने युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, अग्नी सापकोटा, मुकुन्द न्यौपाने, हरिबोल गजुरेल, गणेश शाह, बेदुराम भुसाल र शक्ति बस्नेतले आ–आफ्नो धारणा राखेका थिए ।

 

आजको बैठकमा बाँकी अन्य स्थायी समितिका सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन् ।नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको लामो समय भइसक्दासमेत तल्लो तहको एकता प्रक्रिया टुंगो लाग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्