प्रदेश २ का मन्त्री तालतलैया अवलोकनमा



जनकपुरधाम: प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवलगायत सरकारी अधिकारीहरूको टोली सुदूरपश्चिम प्रदेश भ्रमणमा निस्केको छ ।

 

राज्यमन्त्री सरोज सिँहसमेत सम्मिलित टोलीले सुदूपश्चिम प्रदेशमा विकासका सम्भावना, चुनौती र नमुनाका बारेमा स्थलगत अध्ययन तथा अवलोकन गर्नेछ ।

 

टोलीले सुदूरपश्चिम प्रदेशमा रहेका कर्णाली पुल र घोडाघोडी ताल अवलोकन गरेको छ । अवलोकनपछि टोली नेता मन्त्री यादवले तालतलैयाको संरक्षण गर्ने काम पर्यटन र वातावरण दुवै दृष्टिले अत्यन्त आवश्यक रहेको भन्दै यसका लागि संघीय र प्रदेश सरकार दुवैले ठोस पहल गर्नुपर्ने बताए ।

 

उनले चुरेविनासका कारण तराई भूमि मरुभूमिमा परिणत भइरहेको र जमिनको पुनर्जलीयकरण कठिन भएका बेला प्राकृतिक तालसँगै मानवनिर्मित तालको समेत संरक्षणमा संवेदनशीलता अपनाउनुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्