दशैंमा खसीको मासुको मुख्य परिकार



काठमाडौ : हिन्दु धर्म मान्ने नेपालीहरुलाई जति अहिले दसैंको रौनकले ढाकेको छ । दसैंमा मान्यजनबाट टिका-जमरा लगाउनु, आर्शिवाद लिनुका साथै मूख्य गरी मासुका मिठा-मिठा परिकार खानु पनि यस चाडको महत्वपूर्ण पक्ष हो । हामीले दसैंमा मासु निकै नै खान्छौँ विशेष गरी खसीको मासु । धेरै जसो खसीको मासु फ्राई गरेर वा त्यसमा झोल हालेर नै खाने गरिन्छ तर बनाउन जान्यो भने खसीका मासुको धेरै परिकारहरु बन्छ जुन निकै नै स्वासदष्ट हुन्छ ।

मासु खाने भन्दैमा आफूले पचाउनै नसक्ने गरी वा आफ्नो स्वास्थ्य नै बिग्रने गरी जथाभावी भने खानु हुँदैन् ।

१. खसीको लेदो मासु

Related image

आवश्यक सामग्री
खसीको ह्याकुला ९करङसहित० को मासु एक किलो, सुकेको खुर्सानीको धुलो एक चम्चा, बेसार दुई चम्चा, तेल चार चम्चा, जिराको धुलो एक चम्चा, धनियाँको धुलो एक चम्चा, लसुनको लेदो डेढ चम्चा, अदुवाको लेदो डेढ चम्चा, प्याज आधा किलो, गोलभेंडा आधा किलो, हरियो धनियाँ एक मुठा, नुन स्वादअनुसार ।

पकाउने विधि
सबैभन्दा पहिले कराहीमा तेल तताएर प्याजलाई खैरो हुने गरी भुट्ने । त्यसमाथि टुक्रा पारिएको मासु हल्का भुट्ने । त्यसपछि नुन हाल्ने । त्यसपछि मसला हाल्ने । एकछिन छोपेर पकाउने । त्यसपछि गोलभेंडा हाल्ने र फेरि छोपेर पकाउने । मासु पाकेपछि हरियो धनियाँ छर्केर सर्भ गर्ने ।

२. साँधेको कलेजो

Image result for साँधेको कलेजो

आवश्यक सामग्री
खसीको सिंगो कलेजो, १ सय ग्राम लसुन र अदुवाको पेस्ट, दुई चियाचम्चा धनियाँको धूलो, आधा कप धनियाँको पात, केही हरियो खुर्सानी (मसिनो गरी काटिएको), रातो खुर्सानीको धूलो स्वादअनुसार, तोरीको तेल झान्नका लागि, नुन स्वादअनुसार ।

पकाउने विधि
सबै भन्दा पहिले पानी उमाल्ने । त्यसमा सिंगो कलेजो डुबाएर आधा घण्टासम्म छोपेर राख्ने । त्यसपछि बाहिर पाकेको र भित्र काँचो कलेजो पर्ने गरी टुक्रा पार्ने । अब त्यसमा तेलबाहेक सबै मसला हालेर मोल्ने । आधा घण्टापछि तेलमा मेथी फुराएर झान्ने । धनियाँको पातले सजाएर सर्व गर्ने ।

३. कवाफ –नेपाली

आवश्यक सामाग्री
पाँच किलो खसीको मासु, ३ सय ग्राम लसुन र अदुवाको पेस्ट, तीन चियाचम्चा धनियाँको धूलो, तीन चियाचम्चा जीराको धूलो, रातो खुर्सानीको धूलो स्वादअनुसार, २ सय ५० मिलिलिटर तोरीको तेल, तीन ठूलो चम्चा नेपाली घिउ, २ सय ग्राम मिट मसला, चार९पाँचवटा तेजपात, नुन स्वादअनुसार ।

पकाउने विधि
सबैभन्दा पहिले मासुलाई एकनासको टुक्रा पार्ने । एउटा ठूलो भाँडामा मासु र माथि उल्लेखित मसलाहरू हालेर मोल्ने । त्यसपछि एउटा डेक्चीमा राखेर मन्द आँचमा बसाल्ने । विस्तारै चलाउँदै पकाउने । तेल छुट्टिन थालेपछि कवाफ तयार हुन्छ । यो परिकारलाई एक सातासम्म खान सकिन्छ ।

४. रोगन जोस

Image result for रोगन जोस

आवश्यक सामग्री
डेढ किलो हड्डी र छाला नभएको खसीको मासु, २ सय ५० ग्राम दही, एक ग्राम केसर, १ सय ५० ग्राम बदाम (आल्मोन्ड), १ सय ५० मिलिलिटर तेल, ७५ ग्राम टुक्रा गरम मसला (जीरा, सुकमेल, अलैंची, दालचिनी, ल्वाङ, सोफ, जाइपत्री, मरिच, धनियाँ आदि), ५० ग्राम प्याज, ५० ग्राम अदुवा र लसुनको पेस्ट, १० ग्राम सुकेको रातो खुर्सानीको धूलो, १० ग्राम धनियाँको धूलो, तीन ग्राम गरम मसलाको धूलो, पाँच ग्राम बेसार, नुन स्वादअनुसार, ५० ग्राम गोलभेंडा पेस्ट, हरियो धनियाँ, १० ग्राम कोरिएको अदुवा ।

पकाउने विधि स् खसीको मासुलाई स९साना टुक्रामा काट्ने । दहीलाई फिटेर त्यसमा केसर, नुन, लसुन तथा अदुवाको पेस्टको आधा भाग मिसाउने । त्यसपछि त्यसमा मासुको टुक्राहरू मोल्ने । रातभरि मनतातो पानीमा भिजाइएको बदामलाई पिसेर पेस्ट बनाउने । त्यो पेस्ट मासुमा मोलेर दुई घण्टासम्म राख्ने । टुक्रा मसलाहरू कुट्ने । प्याजलाई मसिनो गरी काट्ने । एउटा बाक्लो पिँध भएको भाँडामा तेल तताउने । तातेपछि कुटेको मसला फुराउने । सुनौलो रंग आउने गरी प्याज भुट्ने । प्याज भुटिएपछि मासु हाल्ने । मासुलाई तीन चौथाइसम्म पाक्ने गरी पकाउने । त्यसपछि सुख्खा मसलाहरू मिसाएर पाँच मिनेटसम्म पकाउने । त्यसपछि गोलभेंडाको पेस्ट हालेर मासु नरम हुन्जेल पकाउने । अन्त्यमा हरियो धनियाँ र कोरेको अदुवाले सजाएर सर्व गर्ने ।

५. खसीको सेकुवा

Image result for खसीको सेकुवा

आवश्यक सामग्री
एक किलो हड्डी नभएको खसीको मासु, एक९एक चम्चा लसुन र अदुवाको पेस्ट, एक चम्चा गरम मसला, एक९एक चम्चा धनियाँ र जीराको धूलो, सुकेको रातो खुर्सानीको धूलो दुई चम्चा, दुई चम्चा खाने तेल, चारदेखि पाँच चम्चा रम, नुन स्वादअनुसार ।

पकाउने विधि
मासुलाई सानो टुक्रामा काट्ने र खलमा प्रत्येक टुक्रालाई एकपटक हल्कासँग कुट्ने । खल नभएको खण्डमा सिलौटामा पनि कुट्न सकिन्छ । त्यसरी कुटिएको मासुमा माथि उल्लेखित सबै मसला हालेर कम्तीमा दुई घण्टा त्यसै छाडिदिने । त्यसपछि झीरमा मासुका टुक्राहरू उनेर कोइलाको रापमा कम्तीमा पनि छ इन्चको दूरीबाट बिस्तारै सेक्दै जाने । मासु राम्रोसँग पाकेपछि प्याजको रिंग र कागतीको टुक्राले सजाएर चिउरासँग स्न्याक्सका रूपमा सर्व गर्न सकिन्छ ।

६. सिंक कबाफ

Image result for सिंक कबाब

आवश्यक सामग्री
२ सय ५० ग्राम खसीको मासुको किमा, दुईवटा प्याज, तीनवटा हरियो खुर्सानी, पाँच पोटी लसुन, दुई ठूलो चम्चा हरियो धनियाँ, आधा अण्डा, अलिकति तेल र नुन ।

पकाउने विधि
तेलबाहेक सबै सामग्री हालेर किमालाई सिलौटामा पिस्ने । हात अलि भिजाएर उक्त मिश्रणलाई झिरमा राम्रोसँग मिलाउँदै कबाफको आकार दिने र कोइलाको रापमा बिस्तारै सेक्ने । सुनौलो भएपछि झिकेर सर्व गर्ने ।

७. सुख्खा मासु

Image result for सुख्खा मासु

आवश्यक सामग्री
५ सय ग्राम खसीको मासु, पिसेको १० वटा लसुनको पोटी, एक चियाचम्चा बेसार, एक ठूलो चम्चा गरम मसलाको धूलो, एक कप दही, एक कप तोरीको तेल, कोरेको अदुवा, नुन स्वादअनुसार ।

पकाउने विधि
सबैभन्दा पहिले दही फिट्ने, मासुमा एक ठूलो चम्चा तोरीको तेल, बेसार, नुन तथा दही हालेर करिब दुई घण्टा राख्ने, एउटा कराहीमा तेल तताउने, अनि त्यसमा कोरेको अदुवा तथा लसुन हालेर केही बेर भुट्ने, मोलेर राखेको मासु हाल्ने र केही बेर चलाउने । अब आगो सानो गरेर लगभग आधा घण्टा वा मासु नरम हुन्जेलसम्म पकाउने । जब मासु पाकेर सुख्खा हुन्छ, निकालेर सर्व गर्ने ।

८. साँधेको टाउको

Image result for खसीको टाउको मासु

आवश्यक सामग्री
खसीको सिंगो टाउको, २ सय ग्राम लसुन र अदुवाको पेस्ट, २ चियाचम्चा धनियाँको धूलो, २ चियाचम्चा जीराको धूलो, आधा कप धनियाँको पात, केही हरियो खुर्सानी (मसिनो गरी काटिएको), रातो खुर्सानीको धूलो स्वादअनुसार, तोरीको तेल झान्नका लागि, नुन स्वादअनुसार ।

पकाउने विधि
सबैभन्दा पहिले टाउकोलाई चार भागमा विभाजन गरेर प्रेसर कुकरमा मासु र हड्डी छुट्टिने गरी उमाल्ने । त्यसपछि मासु र हड्डी अलग(अलग गरी टुक्रा पार्ने । अब त्यसमा तेलबाहेक सबै मसला हालेर मोल्ने । तोरीको तेलमा मेथी फुराएर झान्ने । धनियाँको पातले सजाएर सर्व गर्ने ।

प्रतिक्रिया दिनुहोस्