राष्ट्रसंघद्वारा युक्रेन प्रस्ताव दुई तिहाईले पारित



वासिङ्टन: संयुक्त राष्ट्रसंघ महासभाको दुई तिहाई मतले कृष्ण सागर र अजोभ सागरको जलक्षेत्रमा अन्तर्राष्ट्रिय पानीजहाज लैजान रुसले गरेको अबरोध हटाउनुपर्ने युक्रेनको प्रस्तावलाई पारित गरेको छ ।

 

युक्रेनको प्रस्तावमा ६६ राष्ट्रले पक्षमा, १९ राष्ट्रले विपक्षमा मतदान गरेका थिए भने ७२ राष्ट्र अनुपस्थित थिए । राष्ट्रसंघका एक अधिकारीका अनुसार युक्रेनले राष्ट्रसङ्घमा प्रस्तुत गरेको “क्राइमिया स्वायत्त गणतन्त्र र सेभास्टोपोल नगरका साथै कृष्ण सागर र अजोभ सागरमा सैनिकीकरण” दस्तावेजमा मतदान भएको थियो ।

 

उक्त प्रस्ताव कर्च स्ट्रेट घटना पश्चात युक्रेनले राष्ट्रसङ्घमा दर्ता गरेको हो । कर्च स्ट्रेटमा प्रवेश गरेका युक्रेनी पानीजहाजको रुसले खानतलासी गर्नुका साथै जहाजमा रहेका युक्रेनी सैनिकहरुलाई जबर्जस्ती नियन्त्रणमा लिएपछि दुबै देशबीच तनाब उत्पन्न भएको थियो ।

 

संयुक्तराज्य अमेरिका र युरोपेली युनियनले उक्त घटनाका सम्बन्धमा युक्रेनको पक्ष लिएका थिए । साथै उनीहरुले युक्रेनी सैनिकको तत्काल रिहाई र कर्च स्ट्रेटमा निर्वाध आवागमनको सुनिश्चितता गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्