पेस्तोलसहित पक्राउ परेका सार्वजनिक



बझाङ : पेष्तोलसहित पक्राउ परेका प्यारु मिजारलाई जिल्ला प्रहरी कार्यालयले मंगलबार बिहान सार्वजनिक गरेको छ । आइतबार पेष्तोलसहित रंगेहात पक्राउ परेका बझाङ जिल्लाको थलारा गाउँपालिका–६ पिखेत नुवाघरका अन्दाजी ५७ वर्षीय प्यारु मिजारलाई मंगलबार सार्वजनिक गरिएको हो ।

 

 केही समयअघि भारतबाट आउँदा पेस्तोल ल्याएको हल्ला पाएपछि प्रहरीले आइतबार मिजारको घरमा छापा मारिएको हो । प्रहरीले घरमा छापा मार्दा उनको घरको सुत्ने कोठामा लुकाइछिपाई राखेको अवस्थामा कम्पनीको नाम, नम्बर नखुलेको कालो रंगको ९ ईन्च लम्बाई भएको पेष्तोलको ग्रीपबाट ५ इन्च उचाई भएको पेस्तोल फेला परेको डीएसपी प्रविण धितालले बताए । 

 

साथै मिजारको साथ बाट २ राउन्ड कार्टिज पनि बरामत गरिएको जनाइएको छ । मिजारलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।  

 

प्रतिक्रिया दिनुहोस्