का‌ंग्रेस महासमिति बैठकमा हात हालाहाल



काठमाडौं ः कांग्रेस महासमिति बैठकमा चर्काचर्की भएको छ । विधान मस्यौदा प्रतिवेदनको विषयलाई लिएर नेताबीच हातहालसम्मको स्थिति पैदा भएको हो । 

 

महासमिति सदस्यले प्रतिवेदन विना बैठक चल्न नसक्ने अडान लिएपछि सहमहामन्त्री डा. प्रकाशशरण महतले नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीको हातबाट माइक खोसेपछि तनावको स्थिति सिर्जना भएको थियो ।

डा. महतले माइक खोसेपछि धकेलाधकेल भयो र माइक फुट्न पुग्यो । उता महत र केसीबीचको धकेलाधकेलाई  लिएर बढीजसो महासमिति सदस्यहरुले केसीको पक्षमा हुटिङ नै ठोके ।

 त्यसपछि विधान मस्यौदा पेश भएपछि मात्रै बैठक सञ्चालन गर्ने  गरी स्थगित भएको छ ।  जसले गर्दा महासमिति सदस्य आक्रोशित बनेका छन् । कांग्रेस महासमिति बैठक शनिबारदेखि राजधानीमा जारी छ ।

 

विधान मस्यौदालाई सहमति जुटाउन पदाधिकारी र पूर्व पदाधिकारीको बस्ने भनिएको बैठक पनि अझै बस्न सकेको छैन्।  सहमति जुटाउनका लागि पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा गुटगत छलफल भइरहेको छ।  सहमति  जुटाउन भन्दै नेताहरु आन्तरिक रुपमा गुटगत बैठक बसेका हुन्।

प्रतिक्रिया दिनुहोस्