अमेरिकाभरि दूतैदूत, भ्रमणवर्ष २०२० प्रवर्दन गर्दै !



मेरिल्यान्ड : अमेरिकाको बाल्टिमोरवासी गायक प्रेमराजा महत ८ वर्षयता अवैतनिक महावाणिज्यदूतको हैसियतमा स्थानीय क्षेत्रमा सेवाप्रदायक बनिरहेका छन् । त्यहाँ आफ्नै रेस्टुराँ ‘नेपाल हाउसु सञ्चालन गरिरहेका उनले सन् २०२० को नेपाल भ्रमण वर्षलाई केन्द्रित गरी सूचना प्रचारप्रसार, समन्वय र सांस्कृतिक तहमा नेपाल प्रवर्द्धनका काम पनि गरिरहेका छन् ।

‘आफ्नै तहमा जे–जति सकिन्छ, नेपाल चिनारीको काम अघि बढाइरहेको छुु, उनले भने, ‘यो अभियानमा कुनै प्रकारको आर्थिक वा अन्य सहयोग सरकारबाट लिएको छैन ।ु विशुद्ध लोकगायकको आमचिनारी भए पनि महत आफूलाई राजदूतसरह परिचय गराइरहेका हुन्छन् ।

बाल्टिमोरमै बस्ने अर्का व्यवसायी ज्ञानप्रसाद रिमाल पनि मेरिल्यान्ड राज्यका लागि नेपाल सरकारको पर्यटनदूतको चिनारीमा यताउता गरिरहेका भेटिन्छन् । आफ्नो दुईवर्षे पदावधि आगामी जनवरी २३ मा पूरा हुने उनले जानकारी दिए । ‘मलाई राजनीतिक कार्यकर्ता भएका आधारमा नियुक्ति दिइएको होइन,ु रिमालले कान्तिपुरसँग भने, ‘अरू धेरैजसो भने राजनीतिक आस्थाका आधारमा दूत बनेका हुन् । यो समाचार देवेन्द्र भट्टराईले कान्तिपुरमा लेखेका हुन ।

नेपाल पर्यटन बोर्डले बाँड्ने दूत पदको प्रावधानमा ‘पर्यटन क्षेत्रमा न्यूनतम १० वर्ष काम गरेको हुनुपर्ने, नेपाली भएर अमेरिकी नागरिक हुनुपर्ने र राजदूत वा महावाणिज्यदूतबाट सिफारिस गरिएको हुनुपर्नेु जस्ता सर्तराखिएका छन् । ‘तर को, किन र कसरी दूत बनेको हो, थाहा भएन । दूतहरू को, कति, कहाँ छन् भन्ने थाहा छैन । साझा नेटवर्क पनि छैन,ु रेस्टुराँ व्यवसायी रिमाल भन्छन् । प्रभा देउजा पनि आफू बाल्टिमोरका लागि नेपाली महिला दूत रहेको दाबी गर्छिन् ।

अर्को राज्य सिकागोका लागि अर्घाखाँची मूल घर भएका बाला घिमिरे पर्यटनदूत छन् । उनी तत्कालीन एमालेको अमेरिकास्थित भ्रातृ संगठन प्रवासी मञ्चमा सक्रिय थिए । रेस्टुराँ व्यवसायी घिमिरे नेपालबाट आउने नेता एवं उच्चपदस्थका लागि आतिथ्य सत्कार गर्ने प्रमुख पात्र हुन् । गतसाता परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन न्युयोर्क जाँदा ब्रेन गेन सेन्टरको अभियानमा सिकागो बोलाएर अन्तर्क्रिया गराउने उनै थिए । ‘पर्यटनदूतका रूपमा मेरो कार्यकाल सकिएको छ, तैपनि अतिथिको आतिथ्य र अरू गतिविधि गर्नमा व्यस्त छु,ु घिमिरेले भने ।

एटलान्टाका खुद्रा व्यवसायी राजा घले पनि आफूलाई पर्यटनदूत दाबी गर्छन् । नेपालबाट आउने ठूलाठालु अतिथिलाई सत्कार गर्न र फेसबुक प्रचारमा उनी बढी चिनिएका छन् । लस भेगासमा बस्दै आएका किरण शर्मा र क्यालिफोर्निया, सानफ्रान्सिस्को बस्ने घन दवाडी पनि आफूलाई दूत भन्न रुचाउँछन् । विगतमा कट्टर एमाले कार्यकर्ता रहेका गोरखाका दवाडी नेपालमा केही समय पर्यटन व्यवसायमा थिए । क्यालिफोर्नियामै अर्का दूत रामेश्वर भण्डारी पनि उसैगरी चिनिएका छन् । तर नेपालबारेको पर्यटन गतिविधि त्यति हुने गरेको छैन ।

क्यालिफोर्नियाकै सिलिकन भ्यालीका लागि पर्यटनदूत प्रकाश थापा नेपालमा तेक्वान्दो (आईटीएफ) का सामान्य खेलाडी थिए । सन् २०१६ मा नेपालबाट पर्यटनदूतको पत्र बोकेर आएका उनी सामाजिक सञ्जालमा सलमान खान, हिलारी क्लिन्टनसँगका तस्बिर हाल्दै आत्मप्रचार गरिरहेका भेटिन्छन् । विभिन्न सभा समारोहमा डायसमा बस्न, दोसल्ला ओढ्न र आफू राजदूतसरह रहेको प्रचार गर्नमै दूतहरू सक्रिय भएका पाइन्छन् ।

न्युयोर्क बस्ने प्रदीप श्रेष्ठ अर्का पर्यटनदूत हुन् । ट्याक्सी चालक उनी नेपालबाट आउने र विशेषगरी पर्यटन मन्त्रालय एवम् पर्यटन बोर्डसम्बद्ध आगन्तुकका लागि अरू सबैले देखिने गरी ‘सेवकु बन्ने गरेका छन् । हालै मात्र टेक्सासको ह्युस्टनमा ‘ज्याकु भनिने जगदीश काफ्ले पर्यटनदूत नियुक्तभएका छन् । उनी रेस्टुराँ व्यवसायी हुन् । कोलोराडोमा साब गदालपनि पर्यटनदूतका रूपमाचिनिएका छन् ।

यस अतिरिक्त केही सुन्दरीहरूलाई पर्यटन सद्भावनादूतका रूपमा पनि काम गर्ने गरी पर्यटनबोर्डले पत्र बाँडेको छ । यसमध्ये पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीकी बुहारी नवीना बस्नेत पनि परेकी छन् । क्यालिफोर्नियाका ऋषि ढकाल र सियाटलका एसी शेर्पा सरकारबाट नियुक्त अवैतनिक वाणिज्यदूत भए पनि उनीहरू आफूलाई राजदूतसरह चिनाइरहेका छन् । उनीहरूको पदावधि कहिलेसम्म हो, थाहा पाउनमुस्किल छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी दीपकराज जोशीका अनुसार पर्यटनदूतमा राजनीति हाबी भएपछि अहिले दूत नियुक्ति प्रक्रिया पूरै रोकिएको छ । अमेरिकामा आधिकारिक रूपमा टेक्सासमा जगदीश काफ्ले र सियाटलमा नीलबहादुर तिलिजा दूत रहेको उनले बताए । ‘अमेरिकाका हकमा यो पद नेपालको प्रचारप्रसारभन्दा आफ्नै भलाइ र माहोल बनाउनमा केन्द्रित रहेको पाएका छौं,ु जोशीले भने, ‘अब परराष्ट्र मन्त्रालयको सिफारिस र निगरानीमा मात्रै पर्यटन दूत तोकिनेछ ।ु

अमेरिकामा रहेका झन्डै डेढ दर्जन दूतहरूबारे वासिङ्टन र न्युयोर्कमा रहेका नेपाली कूटनीतिक नियोग पनि बेखबर छन् । ‘अमेरिकामा अवैतनिक हैसियतका वा पर्यटन दूतहरू कति छन्, हामीलाई जानकारी छैन, वासिङ्टन डीसीस्थित नेपाली दूतावासका प्रवक्ता जीवनप्रकाश श्रेष्ठले भने, ‘हामीलाई पर्यटनदूतबारे नेपाल पर्यटन बोर्डले कुनै जानकारी उपलब्ध गराएको छैन ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार तत्कालीन एमाले सरकारका पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलका पालामा अमेरिकामा मनपर्दी रूपमा कार्यकर्तालाई दूत नियुक्त गरिएको हो । पूर्वप्रधानमन्त्री माधव नेपालको पहुँचमा घिमिरे सिकागोमा दूत नियुक्त हुँदा क्यालिफोर्नियामा ढकाललाई तत्कालीन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको सिफारिसमा दूत बनाइएको हो ।

ओहायो विश्वविद्यालयका पूर्वप्राध्यापक डा। गोविन्द कोइरालाका बुझाइमा नेपालीभन्दा बढी विदेशीमाझ चिनारी, पहुँच र सम्पर्क भएको व्यक्ति दूत नियुक्त हुनुपर्ने हो । ‘तर दल, नेता र राजनीतिअनुसार दूत बन्ने गरेको सुनिएको छ,ु उनले भने, ‘यसको उपलब्धि के हो बुझ्न सकेको छैन ।ु

उनका अनुसार पर्यटनदूत बनाइएको व्यक्तिले कुनै प्रकारको गतिविधि र नेपाल प्रचारको अभियान चलाएको देखिन्न । ‘बरु कुनै सभा समारोहमा आफूलाई नेपाल सरकारले तोकेको पर्यटनदूत भनेर चिनाउने गरेको पाइएको छ, उनले भने ।

अमेरिकामा गैरआवासीय नेपालीका अभियन्ता विश्व शाह पनि दूत नियुक्त गरिनुको उद्देश्य थाहा पाउनै नसकिएको प्रतिक्रिया दिन्छन् । ‘खालि पद ग्रहण गर्न र पहुँच देखाउन दूत बनेका हुन् कि जस्तो लाग्छ,उनले भने, ‘कांग्रेस सरकारमा एउटा दूत हुन्छ, नेकपाको अर्कै दूत हुन्छ तर सिंगो देशका लागि दूत कोही छैन ।

प्रतिक्रिया दिनुहोस्