सर्वोच्च अदालतको फैसला कार्यान्वयन भवनमा आगलागी



काठमाडौं : सर्वोच्च अदालतको फैसला कार्यान्वयन कार्यालय परिसर भित्रको एक भवनमा मंगलबार बिहान आगलागी भएको छ ।

बबरमहलमा रहेको उक्त भवनमा अहिले आगो निभाउने काम भइरहेको प्रहरीले जनाएको छ। आगलागीबाट धेरै क्षति भइनसकेको र अहिले निभाउने काम भइरहेको प्रहरीले जनाएको हो। 

भवन पुरानो भएको र बिजुलीको मिटर पड्किएको कारण आगलागी भएको हाे। आगलागीबाट मानविय क्षति तथा कागजपत्र नष्ट नभएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्