भारत–पाकिस्तान युद्ध भए १२ करोड मानिसको ज्यान खतरामा


एजेन्सी : भारत र पाकिस्तानबीच परमाणु युद्ध भएमा साढे १२ करोड मानिसको मृत्यु हुने सक्ने एक अध्ययनले देखाएको छ । अमेरिकामा गरिएको एक अध्ययनले दुई मुलुकबीच परमाणु युद्ध भएकोमा त्यसको परिणाम अत्यन्तै दुःखद् हुने जनाउँदै साढे १२ करोड मानिसको अनाहकमा ज्यान जाने उल्लेख गरेको हो ।

‘यति मात्रै होइन विश्वभरि जलवायु परिवर्तनजन्य कारणले भयावह अवस्था आउन सक्छ,’ अध्ययनमा भनिएको छ ।

बीबीसीका अनुसार रुट्गर्स विश्वविद्यालयका प्राध्यापक ऐलन रोबोकको सहलेखनमा तयार पारिएको अध्ययनमा करोडौं मानिसको ज्यान जाने दाबी गरिएको छ । ऐलनले भनेका छन्, ‘भारत–पाकिस्तान परमाणु युद्धले दुई मुलुकलाई मात्र होइन, विश्वका विभिन्न देशलाई प्रभावित पार्ने छ ।’ साइन्स एड्भान्टेज जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनमा २०२५ मा हुने सक्ने युद्धलाई आधार मानेर युद्धबाट हुने क्षतिको अनुमान गरिएको छ ।

कश्मीर मुद्दामा दुई छिमेकी मुलुकबीच पटक–पटक युद्ध भइसकेको छ । ‘२०२५ सम्ममा दुई मुलुकमा संयुक्त रूपमा ४ देखि ५ सयसम्म परिमाणु अस्त्र हुने छ,’ अध्ययनमा भनिएको छ । अध्ययनमा सहभागी अनुसन्धानकर्ताका अनुसार परमाणु बमहरू विस्फोट भए पनि १।६ देखि ३।६ करोड टनको खरानी बन्ने छ, जुन धुवाँका स–साना कणका रूपमा फैलिने छ ।

‘धुवाँको मुस्लो र खरानी वायुमण्डलको माथिल्लो भागमा पुग्ने छ र साताभित्रै पूरै विश्वमा फैलिन सक्छ,’ अनुसन्धानकर्ताले भनेका छन्, ‘खरानीले सौर्य विकिरणलाई सोस्ने छ र हावालाई अत्यन्तै तातो बनाइदिने छ । धुवाँ तीव्र गतिमा आकाशमा फैलिएर विश्वभरि तुवाँलो लाग्ने सक्छ ।’ अध्ययनका अनुसार यो प्रक्रियामा पृथ्वीसम्म पुग्ने सूर्यको प्रकाशको मात्रमा २० देखि ३५ प्रतिशतले कमी आउने छ । यसबाट पृथ्वीको तामक्रम २ देखि ५ डिग्री सेल्सियससम्म घट्न सक्ने अनुमान अध्ययनमा गरिएको छ । यति मात्रै होइन, विश्वभरि हुने वर्षामा १५ देखि ३० प्रतिशतले कमी आएर खडेरी र सुक्खालाई निम्त्याउन सक्ने दाबी पनि गरिएको छ ।

शोधकर्ताहरूका अनुसार त्यो अवस्था आएमा विश्वमा तरकारीको उत्पादन पनि १५ देखि ३० प्रतिशतले रोकिने तथा महासागरको प्रडक्टिभिटीमा पनि ५ देखि १५ प्रतिशतसम्म कमी आउने छ । अध्ययनमा भनिएको छ, ‘परमाणु युद्धका कारण परेको असरलाई न्यूनीकरण हुन कम्तीमा १० वर्षभन्दा बढी समय लाग्न सक्छ, जबसम्म माथिल्लो वायुमण्डवमा धुवाँ रहने छ ।’ अध्ययनकर्ताहरूले सन् २०२५ सम्म परमाणु अस्त्रको क्षमतामा पनि वृद्धि हुने छ ।

सन् १९४५ मा अमेरिकाद्वारा जापानको हिरोसिमामा खसालेको बमको आकारमा रहेको परमाणु अस्त्रको क्षमता १५ किलोटन विस्फोटक पदार्थको जति शक्तिशाली हुने पनि अध्ययनमा छ । ‘यस्तो अवस्थामा भारत र पाकिस्तानको युद्ध भएमा ५ करोड देखि १२.५ करोड मानिस मारिने छन् । यसका साथै विश्वभरि भोकमरी भएर थप मानिसको मृत्यु हुन सक्छ,’ अमेरिकी अध्ययनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौ : टर्कीमा जारी विश्वका कम्युनिस्ट पार्टीहरूको २१ औ सम्मेलनमा विश्वका कम्युनिष्टहरुले नेपाली कम्युनिष्टहरुले अवलम्वन

काठमाडौ : मुलुक संघीयतामा गएसँगै गुणस्तरहीन निजामित कर्मचारीको भार घटाउन कर्मचारीको कटौती गर्ने गृहकार्यमा जुटेको

म्यान्मा : राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको राजकीय भ्रमण पूरा

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी तथा नेपाली प्रतिनिधिमण्डलले आज यङ्गोनस्थित श्वेगादोन पेगोडाको अवलोकन गरेको छ

काठमाडौं : विनासेवासुविधा काम गर भन्ने आशयको संवैधानिक अदालतद्वारा जारी आदेश अनुचित भएको भन्दै प्रदेश

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले बहुप्रतिक्षित नागढुङ्गा–सिस्नेखोला सुरुमार्गको यही कात्तिक ४ गते उद्घाटन गर्ने

काठमाडौं : अमेरिका र नेपालबीच सन् २०१७ मा भएको ५० करोड डलर अनुदान सहायतासम्बन्धी मिलेनियम

विराटनगर : छ महीनादेखि माथि पाँच वर्षमुनिका बालबालिकालाई खुवाइने भिटामिन ‘ए’का लागि सबै तयारी भइसकेको

काठमाडौ : सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई गैरसंवैधानिक ठहर्‍याएपछि उनीहरुको सेवा

काठमाडौं : नेकपाका नेता तथा मन्त्रीहरु आत्महत्या दुरुत्साहनका आरोपी रवि लामिछानेसँगै ‘छ माया छपक्कै’को विशेष

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएन) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । बिहीबार

काठमाडौं : आत्महत्या प्रकरणमा मुछिएका टेलिभिजन प्रस्तोता रवि लामिछानेविरुद्ध जिल्ला अदालत चितवनले गरेको आदेश यथावत