एयरपोर्टमै हाकिमबाट कुटिए ईन्जिनियर



पोखरा : ओली सरकारले भ्रष्टाचारलाई न्यूनिकरणका लागि कडा कदम चालेको भनेर बताईरहँदा कास्क्रीमा भने एक अधिकृतले आफ्नै हाकिमबाट कुटपिट सहन बाध्य भएका छन् । पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत एक ईन्जिनियरले आफ्नै हाकिमबाट कुटिएको आरोप लगाएका छन्। पोखरामा बन्दै गरेको पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलका पेमेन्ट इन्जिनियर अनिल कार्कीलाई आयोजना प्रमुखले केन्द्रका पदाधिकारीको मिलेमतोमा विमानस्थलमा अनियमितता र भ्रष्टचार गरेको आरोप लागेपछि आफूमाथि कुटपिट भएको कार्कीको दाबी छ ।

आयोजना प्रमुख प्रदीप अधिकारीको टिमले आयोजनामा काम गर्दै आएका पेमेन्ट इन्जिनियर अनिल कार्कीमाथि असोज १५ गते बुधबार राती सांघातिक हमला भएको उनको दावी रहेको छ । आफूलाई खानपिन छ भनि बोलाएर बेलुका योजनाबद्ध रुपमा कुटपिट गरेको कार्कीले आरोप लगाएका छन्।

आयोजना प्रमुख प्रदीपको कुटपिटबाट गम्भीर घाइते भएका कार्कीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । उनको आँखामा गम्भीर चोट लागेको देखिन्छ । पीडित कार्कीले घाँटी र टाउकोमा पनि चोट लागेको बताएका छन् । कार्कीले आफूलाई रड र बोतलले प्रहार गरेको बताएका छन् । उनले आफू घाइते भएर बेहोस हुँदा पनि कार्यालयले आफ्नो बारेमा कुनै चासो नदेखाएको आरोप पनि लगाएका छन् ।

गम्भीर घाइते कार्कीले आफूले पहिलादेखिनै आर्थिक हिनामिना र अनियमित खर्चको बारेमा बोल्दा ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको कार्कीले दावी गरेका छन् ।

आयोजना प्रमुख प्रदीप अधिकारीले कन्ट्रयाक्टर शारदामोहन भट्टराइलाई विमानस्थल भित्रको गिटी र ढुङ्गा बेच्न निर्देशन दिएको र कार्कीले बेच्न नमिल्ने अडान राखेपछि आक्रमण गरेको कार्कीले बताएका छन् ।

आयोजना प्रमुख अधिकारीले केन्द्रको मिलेमतोमा विमानस्थलमा अनियमितता र भ्रष्टचार गरेको आरोप पनि लगाएका छन् । उनले आफू जहिले पनि अनियमितताको विरुद्धमा बोल्दा आफूलाई सुनियोजित रुपमाआक्रमण गरेको बताएका छन् । पीडित इन्जिनियर कार्कीले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएको बताईन्छ ।

प्रतिक्रिया दिनुहोस्